९ कार्तिक २०८१, शुक्रबार

ताजा खबर

१९ खर्ब ११ अर्ब विदेशी मुद्रा सञ्चिति

नागरिक पोष्ट

बिहीबार, ३ जेष्ठ २०८१

6699 views

6699 views

१९ खर्ब ११ अर्ब विदेशी मुद्रा सञ्चिति

 काठमाडौँ — हरेक महिना विदेशी मुद्रा (विनिमय) सञ्चिति बढ्ने क्रमले गत चैतमा पनि निरन्तरता पाएको छ । सोही क्रममा गत चैतमा विदेशी मुद्रा सञ्चिति २४.२ प्रतिशतले बढेर १९ खर्ब ११ अर्ब ८६ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकको मासिक तथ्यांकले देखाएको छ । 

रेमिट्यान्स आप्रवाह निरन्तर बढिरहेको र आयात घटिरहेका कारण विदेशी मुद्रा सञ्चितिले हरेक महिना नयाँ रेकर्ड बनाउन सफल भएको हो । ०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको राष्ट्र बैंकको तथ्यांक छ ।

निरन्तर बढेको विदेशी विनिमय मुद्रा सञ्चितिले १५ महिनाको वस्तु आयात र १२.५ महिनाको वस्तु तथा सेवा आयात गर्न सकिने राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले जनाए । बाह्य क्षेत्र सबल रहेको र चाहिएको समयमा जुनसुकै बेला विदेशी मुद्रा खर्च गर्न सकिने अवस्था रहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?