मंगलवार, ८ माघ २०८१
222 views
222 views
काठमाडाैं, ८ माघ । नेपाली बजारमा सुन-चाँदीकाे भाउ बढेकाे छ । साेमबार प्रतितोला १ सय रूपैयाँ घटेकाे सुनको भाउ यसदिन प्रतितोला १ हजार १ सय रूपैयाँ बढेकाे हो।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ५८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । साेमबार छापावाल सुन प्रतितोला १ लाख ५७ हजार रुपैयाँमा हजार रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै, साेमबार चाँदीको मूल्य पनि बढेकाे छ । साेमबार प्रतितोला १ हजार ८ सय ६० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला १ हजार ८ सय ९५ रूपैयाँमा किनबेच भइरहेको छ ।