९ माघ २०८१, बुधबार
ताजा खबर

कुमारी बैंक लिमिटेड र वात्सल्य नेचुरल आईभिएफ बिच सम्झौता

नागरिक पोष्ट

बुधबार, ९ माघ २०८१

86 views

86 views

कुमारी बैंक लिमिटेड र वात्सल्य नेचुरल आईभिएफ बिच सम्झौता

काठमाडाैं, ८ माघ । कुमारी बैंक लिमिटेड र नक्साल, काठमाण्डौ स्थित वात्सल्य नेचुरल आईभिएफ प्रा.लि. बीच कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुलाई वात्सलय नेचुरल आईभिएफको देशभरि रहेका शाखाहरुबाट विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरूलाई वात्सल्य आईभिएफ प्याकेजमा रु.१०,००० को छुट प्रदान गरिनेछ साथै उपचारको क्रममा आवश्यक पर्ने सबै प्याथोलोजी परीक्षणहरूमा १० प्रतिशत र औषधि खरिदमा ५ प्रतिशत सम्म छुट प्रदान गरिनेछ । वात्सल्य नेचुरलले बाँझोपन परिक्षण, बाँझोपन उपचार, प्रजनन क्षमता संरक्षण, दाता उपचार तथा गर्भ परीक्षण लगायतका सेवाहरु प्रदान गर्दै अएको छ ।

विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई सहज, सुरक्षित, अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?