७ माघ २०८१, सोमबार
ताजा खबर

दोस्रो त्रैमासमा ११ वाणिज्य बैंकहरकाे नाफा बढ्दा ९ वटाकाे घट्याे

नागरिक पोष्ट

सोमबार, ७ माघ २०८१

205 views

205 views

दोस्रो त्रैमासमा ११ वाणिज्य बैंकहरकाे नाफा बढ्दा ९ वटाकाे घट्याे

काठमाडाैं, ७ माघ । चालु आर्थिक वर्ष २०८१/०८२ को दोस्रो त्रैमासमा वाणिज्य बैंकहरूकाे नाफा औषतमा ४.६२ प्रतिशतले घटेकाे छ ।

पुस मसान्तसम्ममा हाल सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरू कुल २७ अर्ब ४३ करोड ६९ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेका छन् । गत आर्थिक वर्षकाे साेहि अवधिमा २८ अर्ब ७६ कराेड ५२ लाख रूपैयाँ नाफा गरेका थिए ।

गत वर्षकाे तुलनामा यस वर्ष ११ वाणिज्य बैंकहरूकाे नाफा बढेकाे छ भने ९ वटाकाे घटेकाे छ । गत वर्षकाे तुलनामा यस वर्ष खुद नाफा बढाउनेमा प्रभु बैंक रहेकाे छ । बैंकले यस वर्ष गत वर्षभन्दा ८५ दशमलव ४९ प्रतिशतले खुद नाफा बढाएको हो । गत वर्ष यस अवधिसम्म ७२ करोड ३ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको बैंकले यस वर्ष १ अर्ब ३३ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ ।

यसै गरी नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ५७.१८ प्रतिशतको वृद्धि गर्दै २८,३२,३२६ हजार रुपैयाँ नाफा कमाएको छ। यस्तै ग्लोबल आइएमई बैंककाे नाफा ४९.५१ प्रतिशतले बढेकाे छ । गत वर्ष २ अर्ब ४ कराेड २३ लाख नाफागरेकाे बैंकले यस वर्ष २ अर्ब २४ कराेड ३२ लाख बढी खुद् नाफा गरेकाे छ ।

यस्तै यस अवधिमा एनएमबी बैंककाे ४५.६१ प्रतिशतले बढेकाे छ । गत वर्ष १ अर्ब ३७ कराेड ५९ लाख नाफा गरेकाे बैंकले यस वर्ष २ अर्ब  ३५ लाख बढी खुद् नाफा गरेकाे छ ।

यस्तै यस अवधिमा एभरेष्ट बैंककाे नाफा २१.११ प्रतिशतले बढेकाे छ । गत वर्ष १ अर्ब ७१ कराेड ३१ लाख नाफा गरेकाे बैंकले यस वर्ष २ अर्ब  ७ कराेड ४७ लाख बढी खुद् नाफा गरेकाे छ ।

यस्तै यस अवधिमा लक्ष्मी सन्राइज बैंककाे नाफा ९.७१ प्रतिशतले बढेकाे छ । गत वर्ष १ अर्ब ५ कराेड ९२ लाख नाफा गरेकाे बैंकले यस वर्ष १ अर्ब  १६ कराेड २० लाख बढी खुद् नाफा गरेकाे छ ।

यस्तै यस अवधिमा नेपाल एसबिआई बैंककाे नाफा ७.११ प्रतिशतले बढेकाे छ । गत वर्ष ८४ कराेड ५ लाख नाफा गरेकाे बैंकले यस वर्ष ९० कराेड २ लाख बढी खुद् नाफा गरेकाे छ ।

यस्तै यस अवधिमा सानिमा बैंकको नाफा ४.७२ प्रतिशतले बढेकाे छ । गत वर्ष १ अर्ब १३ कराेड ८६ लाख नाफा गरेकाे बैंकले यस वर्ष १ अर्ब १९ कराेड २३ लाख बढी खुद् नाफा गरेकाे छ ।

यस्तै यस अवधिमा नबिल बैंक नाफा १.२९ प्रतिशतले बढेकाे छ । गत वर्ष ३ अर्ब २० कराेड ३० लाख नाफा गरेकाे बैंकले यस वर्ष ३ अर्ब २४ कराेड ४२ लाख बढी खुद् नाफा गरेकाे छ ।

यस्तै यस अवधिमा हिमालयन बैंकको नाफा ०.९८ प्रतिशले बढेकाे छ । गत वर्ष १ अर्ब ५० कराेड ३९ लाख नाफा गरेकाे बैंकले यस वर्ष १ अर्ब ५१ कराेड ८७ लाख बढी खुद् नाफा गरेकाे छ ।

यस्तै यस अवधिमा माछापुच्छ्रे बैंकको नाफा ०.२४ प्रतिशतले बढेकाे छ । गत वर्ष ८० कराेड ५३ लाख नाफा गरेकाे बैंकले यस वर्ष ८० कराेड ७३ लाख बढी खुद् नाफा गरेकाे छ ।

यता यस अवधिमा एनआईसी एशिया बैंकको खुद नाफा सबैभन्दा बढी ९२.०३ प्रतिशत घटेको छ । यस्तै कुमारी बैंककाे ६८.२, राष्ट्रिय वाणिज्य बैंक ६२.१४, सिद्धार्थ बैंक ५३.३६, कृषि विकास बैंक २९.३५, नेपाल बैंक २१.८७, सिटिजन्स बैंक १५.४५, प्राइम कमर्सियल बैंककाे १४.३४ र स्ट्यान्डर्ड चार्टर्ड बैंककाे ४.९७ प्रतिशतले नाफा घटेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?