२३ माघ २०८१, बुधबार
ताजा खबर

“मङ्गोलियामा ५ मध्ये १ जनाको मृत्युको क्यान्सरले”

नागरिक पोष्ट

बुधबार, २३ माघ २०८१

681 views

681 views

“मङ्गोलियामा ५ मध्ये १ जनाको मृत्युको क्यान्सरले”

मङ्गोलिया । मङ्गोलियामा मृत्युको प्रमुख कारणमा क्यान्सर रहेको देशको राष्ट्रिय क्यान्सर केन्द्र (एनसीसी) ले मङ्गलबार जनाएको छ । विश्व क्यान्सर दिवसको अवसरमा एनसीसीले विज्ञप्ति जारी गर्दै मङ्गोलियामा सन् २०२४ मा क्यान्सरबाट कूल चार हजार सात सय ५५ जनाको मृत्यु भएको बताएको छ ।

देशले सन् २०२४ मा क्यान्सरका आठ हजार १६९ नयाँ केसहरू रेकर्ड गरिएको थियो, जुन अघिल्लो वर्षको तुलनामा लगभग १३ प्रतिशतले बढेको छ । यसअघि मङ्गोलियामा ८० प्रतिशत क्यान्सर रोगी ढिलो पत्ता लाग्ने गरेको केन्द्रले जनाएको छ ।

हाल स्थितिमा सुधार आएको र यो सङ्ख्या ६५ प्रतिशतमा झरेको छ । मङ्गोलियनमा क्यान्सरको सबैभन्दा सामान्य प्रकारहरूमा कलेजो, पेट, फोक्सो, पाठेघर र कोलोरेक्टल समावेश छन्, जसले लामो समयदेखि सार्वजनिक स्वास्थ्य चुनौतीहरूको प्रतिनिधित्व गर्दछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?