बुधबार, २३ माघ २०८१
69 views
69 views
नवलपुर । ग्याबियन बक्स उत्पादनमा अग्रणी उद्योग कोहिनूर वायर एण्ड स्टिल लिमिटेडले आफ्नो उत्पादन क्षमता विस्तार गर्न र व्यवसायलाई नयाँ उचाइमा पुर्याउनका लागि लगानीकर्ता खोजिरहेको छ । कम्पनीले रणनीतिक साझेदारहरूसँग सहकार्य गर्दै आफ्नो बजार हिस्सा अझ मजबुत बनाउन चाहेको जनाएको छ ।
नवलपुर जिल्लाको देवचुली ५ मा अवस्थित यस कम्पनीले अत्याधुनिक प्रविधिसहित दैनिक ४० टन उत्पादन गर्ने क्षमता राखेकाे छ । लामो समयदेखि उच्च–गुणस्तरका उत्पादनमार्फत बजारमा विश्वास जित्दै आएको कोहिनूर वायर एण्ड स्टिलले अब थप लगानीका साथ उत्पादनको दायरा फराकिलो बनाउने योजना बनाएको छ ।
कम्पनीले अब रणनीतिक साझेदारहरूलाई आकर्षित गरी प्रारम्भिक सार्वजनिक निष्कासन (IPO) जारी गर्ने तयारी गरिरहेको छ । कम्पनीका अनुसार, सही लगानीकर्ता तथा साझेदारको साथमा बजारमा अझ मजबुत उपस्थिति बनाउँदै दीर्घकालीन फाइदा दिने लक्ष्य राखिएको छ ।
“हामी यस्तो रणनीतिक साझेदारको खोजीमा छौं, जसले हाम्रो वृद्धिको दृष्टिकोणसँग मेल खान्छ र कम्पनीलाई नयाँ उचाइमा पुर्याउन सहयोग गर्न सक्छ,“ कम्पनीले जनाएको छ । कम्पनीका अनुसार, नेपालमा ग्याबियन बक्स लगायतका तारजन्य उत्पादनहरूको माग बढ्दो छ, जसलाई ध्यानमा राख्दै व्यवसाय विस्तार गर्न खोजिएको हो ।
लगानी गर्न इच्छुकहरूसँग सम्पर्कको आग्रह कोहिनूर वायर एण्ड स्टिल लिमिटेडले सम्भावित लगानीकर्ताहरूलाई कम्पनीको टोलीसँग सम्पर्क गर्न आग्रह गरेको छ ।
लगानीका अवसर, साझेदारीका सर्तहरू तथा भविष्यको सम्भावनाबारे थप जानकारी लिन इच्छुकले कम्पनीलाई kohinoorwire@gmail.com वा ९८५१०३३४४० मा सम्पर्क गर्न सक्नेछन् ।
यस कदमसँगै कोहिनूर वायर एण्ड स्टिलले नेपालमा स्टिल तथा वायर उद्योगमा आफ्नो अग्रणी स्थानलाई अझ मजबुत बनाउने संकेत दिएको छ ।