६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

नयाँ सरकारप्रति म आशावादी छु :बालेन साह

नागरिक पोष्ट

शनिबार, ३ चैत्र २०८०

12122 views

12122 views

नयाँ सरकारप्रति म आशावादी छु :बालेन साह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह ९बालेन०ले आफू सरकारप्रति आशावादी रहेको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै नयाँ मन्त्रीहरूले पुरानो फाइल खोल्ने भन्ने कुरा उल्लेख गर्दै आफू सकारात्मक भएको बताएका हुन् । 
‘नयाँ मन्त्रीज्युहरुले सबै पुरानो फाइल खोल्दै हुनुहुन्छ रे, टाइम कम छ, हिसाब किताब गरेर, गोजी भरेर निस्किनु पर्ने छ रे !’, बालेनले लेखेका छन्, ‘सरकार जति दिन टिक्छ, स्वास्थ्य मन्त्रालयमा भएको एउटा भाइ डाक्टरसाबको कुरा, मैले सुनेको कुरा गलत होस् । म आशावादी छु सरकारप्रति ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?