१० फाल्गुन २०८१, शनिबार
ताजा खबर

गोर्खा सैनिक परिवारको त्यागमा केन्द्रित गोर्खा वारियरको दोश्रो ट्रेलर रिलिज

नागरिक पोष्ट

मंगलवार, ८ फाल्गुन २०८०

12445 views

12445 views

गोर्खा सैनिक परिवारको त्यागमा केन्द्रित गोर्खा वारियरको दोश्रो ट्रेलर रिलिज

काठमाडौं,  निर्देशक मिलन चाम्स निर्देशित ऐतिहाँसिक अन्तराष्ट्रिय चलचित्र ‘गोर्खा वारियर’ यही ११ फागुनबाट नेपालमा रिलिज हुँदैछ । रिलिजको मिति नजिकिँदै गर्दा चलचित्र गोर्खा वारियरको दोस्रो ट्रेलर सोमबार सार्वजनिक गरिएको छ । यो ट्रेलरलाई पनि ओएसआर डिजिटलबाटै रिलिज गरिएको हो ।
चलचित्रको यो दोस्रो ट्रेलर त्यतिबेलाको समाज, बेलायती गोर्खा सेनामा भर्ना हुँदाको उत्साह र त्यसपछिको सँघर्षमा केन्द्रित छ । यो चलचित्रको पहिलो ट्रेलर बेलायती गोर्खा सैनिकले सन १९४९ मा मलायको इमरजेन्सी जँगल युद्धमा गरेको लडाईको सेरोफिेरोमा थियो । यो दोश्रो ट्रेलरमा मलायको युद्धसँगै ती सैनिकहरुको जीवनशैली, उनीहरुको परिवारसँग सम्बन्ध र परिवारको त्यागको कथालाई पनि प्रस्तुत गरिएको छ ।
आफ्नो छोरा तथा श्रीमानलाई सैनिक बनाउन र युद्धमा पठाउनको परिवारले गर्नु परेका सम्झौतालाई ट्रेलरमा मार्मिक रुपमा प्रस्तुत गरिएको छ । परिवारसँगैको बिछोड त्यतिबेला बिदेशमा रहेका सैनिकको खबर पाउँन उसका परिवारले एउटा चिठ्ठीको लागि महिनौ कुर्नु पर्ने बाध्यातालाई पनि ट्रेलरमा मर्मस्पर्शी रुपमा समेटिएको छ । यसपटक ट्रेलरमा बेलायती गोर्खा सैनिकको साहसिक युद्धसँगै उनीहरुका परिवारको त्याग समर्पण र विछोडको पीडालाई पनि ससक्त रुपमा उतारिएको छ ।
यो चलचित्रको ५ फागुन शनिबार धरानमा सम्पन्न ऐतिहाँसिक रेड कार्पेट प्रिमियरमा अतिथि तथा दर्शकबाट पाएको सकरात्मक प्रतिक्रियाबाट आफु निकै उत्साहित भएको निर्देशक मिलन चाम्सको कथन छ । यस्तै बेलायतको लण्डनस्थित सिनेवल्र्डमा गरिएको पहिलो ऐतिहाँसिक अन्तराष्ट्रिय रेडकार्पेट प्रिमियर र बेलायतका प्रधानमन्त्री ऋषी सुनाकले लेख्नु भएको शुभकामना संदेशले आफूलाई थप उत्साहित बनाएको पनि निर्देशक चाम्सले बताएका छन् । सिनेमाका पात्रहरुको बलिदान, सहनसिलता तथा त्यागलाई समेटेर यो दोश्रो ट्रेलर सार्वजनिक गरिएको पनि निर्देशक चाम्सले जनाएका छन् ।
नेपाली, अङ्ग्रेजी, कोरियन र हिन्दी भाषामा निर्माण गरिएको यो चलचित्रको प्रजातन्त्र दिवसको अबसरमा आज ७ फागुन साँझ पोखरामा प्रिमियर हुँदैछ । यस्तै ९ फागुनमा काठमाडौँमा रेड कार्पेट प्रिमिय हुँदैछ ।
गोर्खा वारियरमा नव अभिनेता रितेश चाम्ससँगै विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायतका कलाकारको अभिनय रहेको छ ।
लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको यो चलचित्रको निर्मातामा सुमन राई र सुस्मिता वाइवा छन् । यस्तै कार्याकारी निर्मातामा प्रशान्त थापा र सह–निर्मातामा रुपमा सुरेश राई छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?