११ चैत्र २०८१, मंगलवार
ताजा खबर

हिमालयन रिइन्स्योरेन्स लिमिटेडले बोनस शेयर दिने

नागरिक पोष्ट

सोमबार, २९ माघ २०८०

16389 views

16389 views

हिमालयन रिइन्स्योरेन्स लिमिटेडले बोनस शेयर दिने

काठमाडौं– हालै मात्र सर्वसाधारणमा शेयर जारी गरेको हिमालयन रिइन्स्योरेन्स लिमिटेडले आइपिओको पहिलो वर्षमै ४ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ ।

बिहीबार बसेको कम्पनीको संचालक समितिको बैठकले सो निर्णय गरी मिति फागुन २० गते हुन गइरहेको कम्पनीको तेश्रो वार्षिक साधारण सभामा निर्णयार्थ पेश गरेको छ ।


यसका साथै नियामक निकाय नेपाल बीमा प्राधिकरणले दुवै पुनर्बीमा कम्पनीलाई २०८१ साल माघ ३० भित्र चुक्ता पूँजी २० अर्ब रुपैयाँ पुर्‍याउन निर्देशन दिएकाले कम्पनीले बोनस शेयर पछि हुने चुक्ता पूँजी १० अर्ब  ४० करोडको १०ः८ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव समेत कम्पनीको तेश्रो वार्षिक साधारण सभामा निर्णयार्थ पेश गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?