२८ फाल्गुन २०८१, बुधबार
ताजा खबर

ज्योति मगर उफ्रेर नाच्दा स्टेज नै भ्वाङ पर्यो

नागरिक पोष्ट

मंगलवार, २४ पुष २०८०

18021 views

18021 views

ज्योति मगर उफ्रेर नाच्दा  स्टेज नै भ्वाङ पर्यो

इलाम –

इलामको माई नगरपालिकामा पनि पुस १७ देखि २० सम्म तेह्रकुने पोखरी सिमसार पर्यटन महोत्सव आयोजना गरियो । महोत्सव समापनमा आइन् गायिका ज्योति मगर । 

समापन हुने पूर्वसन्ध्यामा राति करिब ११ बजे स्टेज उक्लिएकी मगरले केही गीतमात्रै गाएकी थिइन्, अनौठो घटना भयो । गायन र नृत्यमा बेजोडसँग झुमिरहेका बेला स्टेज नै प्वाल पर्‍यो । प्वालमा ज्योतिको देब्रे खुट्टो पर्‍यो र घुँडासम्म छिर्‍यो । 

‘मैले भनेको त हो नि’ भन्दै उनले आफ्नो खुट्टा प्वालबाट निकाल्न अरूको सहयोग मागिन् ।

गायिका ज्योति मगर जहाँ पुग्छिन्, त्यहाँ स्टेट तातिहाल्छ । उनको गायनसहितको बेजोड प्रस्तुति हेर्न दर्शक सधैं लालयित हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?