ताजा खबर

जसपा नेपालले सङ्घर्षका कार्यक्रम सुरु गर्दै, आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने

नागरिक पोष्ट

बुधबार, ११ मंसिर २०८२

409 views

409 views

जसपा नेपालले सङ्घर्षका कार्यक्रम सुरु गर्दै, आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले आजदेखि सङ्घर्षका कार्यक्रम सुरु गरेको छ ।

पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकको निर्णयअनुसार घोषित कार्यक्रम अन्तर्गत जसपा नेपालले आज जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापनपत्र बुझाउने तयारी गरेको छ ।


यस्तै, मंसिर ११ देखि १५ गतेसम्म प्रत्येक संसदीय निर्वाचन क्षेत्रका विभिन्न सहर तथा बजारमा विरोध कार्यक्रम र कोणसभाका साथै जनपरिचालन गर्ने जसपा नेपालले जनाएको छ ।

घोषित कार्यक्रम अन्तर्गत मंसिर १९ र २१ गते माग तथा मुद्दा अङ्कित प्लाकार्ड, ब्यानरसहित जिल्ला सदरमुकामका जिल्ला प्रशासन कार्यालय अगाडि शान्तिपूर्ण धर्ना दिने, मंसिर २७ देखि पुस ४ गतेसम्म जिल्लास्तरीय विरोधसभा तथा जनसभाका कार्यक्रम रहेका छन् ।
यसैगरी पुस १२ गते विराटनगर, पुस १४ गते जनकपुर, पुस १५ गते वीरगञ्ज र पुस १७ गते भैरहवामा सभा गर्ने कार्यक्रम तय भएको जसपा नेपालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?