नागरिक पोष्ट
बुधबार, ११ मंसिर २०८२
1038 views
1038 views
काठमाडाैं, १० मंसिर । मितेरी डेभलपमेन्ट बैंकले २०८१/८२ को लागि १० प्रतिशत नगद लाभांश शेयरधनीहरूको बैंक खातामा जम्मा गरेको छ। यो लाभांश बैंकको मंसिर ६ गते सम्पन्न २० औँ वार्षिक साधारण सभाबाट पारित भएको थियो।
बैंकले कात्तिक २२ गतेसम्म अद्यावधिक भएका हितग्राही खातामा मंसिर ७ गतेदेखि आईपिएस (IPS) प्रणालीमार्फत लाभांश जम्मा गरिरहेको छ। हितग्राही खातामा बैंक खाता शेयरधनी स्वयंको नाममा हुनुपर्ने र नेपाल क्लियरिङ्ग हाउस अन्तर्गत आइपीएस सदस्य बैंक वा वित्तीय संस्थाको हुनु आवश्यक छ।
धितोबन्धक राखी कर्जा लिएका शेयरधनीहरूले नो अप्जेसन लेटर प्राप्त गरेपछि मात्र लाभांश आफ्नो बैंक खातामा जम्मा गरिने बैंकले जनाएको छ। साथै, नगद लाभांश प्राप्त गर्दा लाग्ने कुनै शुल्क शेयरधनीहरूले नै व्यहोर्नुपर्नेछ।
अझै नगद लाभांश प्राप्त नगरेका शेयरधनीहरूले शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेडको वेबसाइटमा विवरण जाँच गरी आफ्नो बैंक विवरण अद्यावधिक गर्न बैंकले आग्रह गरेको छ।