नागरिक पोष्ट
बिहीबार, १२ असार २०८२
15301 views
15301 views
काठमाडौं। साताको कारोबारको अन्तिम दिन आज सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ४ दशमलव ४५ अंकले घटेर २५९५ दशमलव ७४ को विन्दुमा पुगेको छ ।
बिहीबार ३०६ कम्पनीका ७४ हजार २३९ पटकको कारोबारमा एक करोड ९६ लाख ५० हजार २१० कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ७ अर्ब ७८ करोड २ लाख ४२ हजार २४३ रुपैयाँ रहेको छ ।
९३ कम्पनीको सेयर मूल्य बढ्दा १५५ कम्पनीको घटेको छ । आज बुटवल पावर कम्पनीमा लगानीकर्ता झुम्मिएका छन् ।