शुक्रबार, २४ जेष्ठ २०८२
885 views
885 views
कृषि विकास कार्यालय जाजरकोटको जिम्मा विद्या गौतमले समालेकी छन्। गौतमते शुक्रबारदेखि कार्यालय प्रमुखको जिम्मेवारी समालेकी हुन्।
उनी कृषितर्फ कर्णाली प्रदेशमा कार्यालय प्रमुखको जिम्मेवारी पाउने पहिलो महिला कर्मचारी बनेकी छन्।
मन्त्रालयका सचिव परशुराम रावतले कर्णाली प्रदेशमा कृषितर्फ कार्यालय प्रमुख बन्नेमा पहिलो महिला विद्या गौतम भएको जानकारी दिए।
गौतम वरिष्ठ कृषि प्रसार अधिकृत (उपसचिव) हुन्।