ताजा खबर

थापाथली नदी किनारमा काठमाडौं महानगरद्वारा सुन्दर पार्क निर्माण

नागरिक पोष्ट

बुधबार, ११ मंसिर २०८२

987 views

987 views

थापाथली नदी किनारमा काठमाडौं महानगरद्वारा सुन्दर पार्क निर्माण

काठमाडाैं, १० मंसिर । काठमाडौं महानगरपालिकाले बागमती कोरिडोर अन्तर्गत थापाथलीस्थित नदी किनारमा नयाँ सुन्दर पार्क निर्माण गर्ने काम सुरु गरेको छ। पार्क निर्माणको उद्देश्य क्षेत्रको हरियाली वृद्धि गर्नुका साथै स्थानीयबासी र पर्यटकहरूको लागि मनोरञ्जन तथा विश्राम स्थल उपलब्ध गराउनु रहेको छ।

महानगरले पार्कमा पैदल मार्ग, बैंच, प्रकाश व्यवस्था र हरियाली क्षेत्र निर्माण गर्ने योजना बनाएको छ। पार्कले शहरको वातावरणीय गुणस्तर सुधार गर्ने र बागमती नदीको संरक्षणमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

स्थानीय बासिन्दा र पर्यटकहरूले पार्कको निर्माणपछि सुन्दर दृश्यावलोकन र स्वच्छ वातावरणको आनन्द लिन सक्नेछन्।

  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?