ताजा खबर

सानिमा जीआईसी इन्स्योरेन्सको खुद नाफा २० करोड घाटामा, बीमा दाबी वृद्धि मुख्य कारण

नागरिक पोष्ट

आईतवार, १ मंसिर २०८२

953 views

953 views

सानिमा जीआईसी इन्स्योरेन्सको खुद नाफा २० करोड घाटामा, बीमा दाबी वृद्धि मुख्य कारण

काठमाडाैं, ३० कार्तिक । सानिमा जीआईसी इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक (असोज मसान्तसम्म) वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार, कम्पनीको खुद बीमा शुल्क आर्जन र केही सूचकमा वृद्धि भए तापनि खुद नाफा २० करोड २ लाख रुपैयाँ घाटामा रहेको छ।

कम्पनीले घाटा भोग्नुको मुख्य कारण जेन-जी आन्दोलनका क्रममा भएको ठूलो बीमा दाबी रहेको जनाएको छ। आन्दोलनका कारण भएको क्षतिबाट कम्पनीमा परेको दायित्व चुलिँदा खुद घाटा २० करोड रुपैयाँ पुगेको हो।

कम्पनीको कुल बीमा दाबी भुक्तानी १२४ प्रतिशतले बढेर ३३ करोड ७६ लाख रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन ३.३९ प्रतिशतले वृद्धि भएको छ र कुल खुद व्यवसाय ११ करोड १९ लाख रुपैयाँ कायम छ।

तर, लगानी तथा ब्याज आम्दानी ४५ प्रतिशतले घटेर २ लाख ९० हजार रुपैयाँ मात्र भएको छ। कुल आम्दानी २१ करोड ७३ लाख र कुल खर्च ४१ करोड ७५ लाख रुपैयाँ रहेको छ।

कम्पनीको वित्तीय संरचना यस प्रकार छ:

  • चुक्ता पूँजी: २ अर्ब १५ करोड रुपैयाँ
  • बीमा कोष: ५ अर्ब ३२ करोड १८ लाख रुपैयाँ
  • जगेडा कोष: १ करोड ९४ लाख रुपैयाँ ऋणात्मक
  • महाविपत्ति कोष: ४ करोड ५४ लाख रुपैयाँ
  • प्रतिशेयर आम्दानी: ३७ रुपैयाँ ऋणात्मक

यस वित्तीय परिणामले देखाउँछ कि बीमा दावी र अप्रत्याशित घटनाबाट कम्पनीको नाफा नकारात्मक असरमा परेको छ। कम्पनीले आगामी अवधिमा दावी व्यवस्थापन र जोखिम न्यूनीकरणमा विशेष ध्यान दिने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?