नागरिक पोष्ट
मंगलवार, २६ कार्तिक २०८२
2296 views
2296 views
काठमाडाैं, २५ कार्तिक । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले नेपालमा अत्याधुनिक वाईफाई ६ (WiFi 6) प्रविधि सार्वजनिक गरेको छ। कम्पनीले यसलाई ‘वर्ल्डलिंक 6G’ ब्रान्ड नाममा ल्याएको छ, जसले नेपाली उपभोक्ताहरूको इन्टरनेट अनुभवलाई नयाँ परिभाषा दिने दाबी गरेको छ।
आइतबार (कात्तिक २३ गते) काठमाडौंमा आयोजित एक विशेष समारोहका बीच यो नयाँ प्रविधि सार्वजनिक गरिएको थियाे।
मुख्य विशेषता र फाइदाहरू:
प्रक्षेपण समारोहमा वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडका अध्यक्ष तथा प्रबन्ध निर्देशक दिलीप अग्रवालले “वाईफाई ६ नेपालको स्मार्ट, द्रुत र प्रभावकारी डिजिटल जीवनतर्फको एक निर्णायक कदम हो” भन्दै कम्पनीको नवप्रवर्तन र ग्राहक सन्तुष्टिप्रतिको प्रतिबद्धता दोहोर्याएका थिए।
यससँगै कम्पनीले नयाँ ‘वर्ल्डलिंक 6G’ प्याकेज र योजनाहरू पनि घोषणा गरेको छ, जसको मूल्य र गतिको विकल्पहरू ग्राहकहरूले आफ्नो आवश्यकता अनुसार छनोट गर्न सक्नेछन्।