मंगलवार, ११ चैत्र २०८१
1837 views
1837 views
काठमाडौं, १२ चैत्र। नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने निर्णयप्रति उनका समर्थकहरुले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकबाट उक्त निर्णय भएपछि मंगलबार विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीहरुले ‘लोडसेडिङ चाइँदैन, कुलमान हटाउन पाइँदैन्’,‘ मन्त्रिपरिषद्को निरंकुश र भ्रष्ट निर्णय खारेज गर’ भन्दै विरोध प्रदर्शन गरेका छन् ।
उक्त प्रदर्शनमा सहभागी रञ्जन खनालले भ्रष्टाचारमा मुछिएका मन्त्रीहरुलाई बचाउन र इमान्दार कर्मचारीलाई बर्खास्ती गर्ने सरकारको काम गलत भएको बताए ।
उनले भने, ‘पदमुक्त मन्त्रीलाई गर्नुपर्ने हो । कुलमानलाई बर्खास्त गर्दा लोडसेडिङ सुरु हुन्छ । उज्यालोका लागि लड्ने कुलमानले कहिले भ्रष्टाचार गरेका छन् र भष्ट्राचारमा मुछिएका मन्त्रीहरुका घट्नाहरु ढाकछोप गर्न कर्मचारीलाई बर्खास्ती गर्ने काम गलत हो । त्यसकारण यो सरकार फाल्नुपर्छ । देशभक्त्त नागरिकहरु यो सरकार फाल्नको लागि सडकमा आएका हुन् ।’