११ चैत्र २०८१, मंगलवार
ताजा खबर

एनआईसी एशिया बैंकद्वारा नयाँ वर्ष २०८२ को डिजिटल क्यालेन्डर सार्वजनिक

नागरिक पोष्ट

सोमबार, १० चैत्र २०८१

1956 views

1956 views

एनआईसी एशिया बैंकद्वारा नयाँ वर्ष २०८२ को डिजिटल क्यालेन्डर सार्वजनिक

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले नयाँ वर्ष २०८२ को अवसरमा डिजिटल क्यालेन्डर सार्वजनिक गरेको छ । बैंकले आफ्ना ग्राहक तथा सरोकारवालाहरूलाई नयाँ वर्षको शुभकामना दिँदै सहज रूपमा क्यालेन्डर प्रयोग गर्न मिल्ने डिजिटल स्वरूप प्रस्तुत गरेको हो ।


बैंकका अनुसार डिजिटल क्यालेन्डर प्रयोगकर्तामैत्री छ, जसमा नेपाली पात्रो, महत्वपूर्ण चाडपर्व, बैंकिङ छुट्टिहरू तथा अन्य उपयोगी जानकारी समावेश गरिएको छ । प्रविधिसँगै अघि बढ्ने प्रतिबद्धताका साथ बैंकले डिजिटल सेवा विस्तार गरिरहेको र यो क्यालेन्डर त्यसको एउटा उदाहरण भएको बैंकले जनाएको छ ।

बैंकले ग्राहकलाई डिजिटल माध्यमबाट बैंकिङ सेवा उपलब्ध गराउने रणनीति अनुसार नै डिजिटल क्यालेन्डर सार्वजनिक गरिएको जानकारी दिएको छ । नयाँ वर्ष २०८२ ले सम्पूर्ण ग्राहक, साझेदार तथा सरोकारवालाहरूमा नयाँ आशा, भरोसा र उमंग प्रदान गरोस् भन्ने शुभेच्छासहित बैंकले यो पहल ल्याएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?