११ चैत्र २०८१, मंगलवार
ताजा खबर

नविल बैंक सिँजाद्वारा विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

नागरिक पोष्ट

सोमबार, १० चैत्र २०८१

1582 views

1582 views

नविल बैंक सिँजाद्वारा विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । नविल बैंक सिँजा शाखाद्वारा फुटासिली आधारभूत विद्यालय, धितालिहीमा शुक्रबार वित्तीय साक्षरता तथा सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रममा विद्यालयका सम्पूर्ण शिक्षक–शिक्षिका तथा कक्षा ५, ६ र ७ का करिब ७० जना विद्यार्थीले बैंकिङ शिक्षा लिएका छन् ।


नविल बैंक सिँजा शाखाका प्रबन्धक हरि बहादुर रावतले प्रशिक्षण प्रदान गरेका थिए। उनले बैंकिङ कारोबार, बैंक सेवा–सुविधा, मोबाइल बैंकिङ, आईपिएस लगायतका विषयमा जानकारी दिएका थिए । विद्यार्थीहरूलाई विद्यालयमै आएर बैंकिङ सेवा सम्बन्धी ज्ञान प्रदान गरिएकोमा विद्यार्थी र शिक्षक दुवै खुसी भएका छन् । कक्षा ७ मा अध्ययनरत विद्यार्थी निराजन बुढाले भने, “हामीलाई बैंकिङ सेवाबारे कुनै ज्ञान थिएन ।

तर, बैंकका कर्मचारीले विद्यालयमै आएर बैंकिङ सेवा र प्रक्रियाबारे सिकाउँदा हामी धेरै खुसी भएका छौं ।” उक्त कार्यक्रमले विद्यार्थीहरूलाई बैंकिङ प्रणालीबारे व्यवहारिक ज्ञान प्रदान गर्नुका साथै वित्तीय सचेतना अभिवृद्धि गर्न मद्दत गरेको विद्यालयका शिक्षकहरूले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?