११ चैत्र २०८१, मंगलवार
ताजा खबर

नेपाल लाइफ इन्स्योरेन्समा तीन नयाँ सञ्चालक निर्वाचित, पदबहाली सम्पन्न

नागरिक पोष्ट

सोमबार, ३ चैत्र २०८१

2721 views

2721 views

नेपाल लाइफ इन्स्योरेन्समा तीन नयाँ सञ्चालक निर्वाचित, पदबहाली सम्पन्न

काठमाडौं  । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २५औँ वार्षिक साधारण सभाको निर्णयअनुसार स्थगित सर्वसाधारण सेयरधनी (समूह ख) को सञ्चालक निर्वाचन कार्यक्रम सम्पन्न भएको छ ।

चैत्र २ गते वीरगञ्जस्थित होटल भिष्वामा सम्पन्न निर्वाचन प्रक्रियाबाट बिमल प्रसाद ढकाल, कृष्णराज लामिछाने, र शर्मिला श्रेष्ठ महर्जन सञ्चालक पदमा निर्वाचित भएका छन् । नवनिर्वाचित तीनै जना सञ्चालकहरूले आज (चैत्र २) बसेको कम्पनी सञ्चालक समितिको ३९३औँ बैठकमा अध्यक्ष गोविन्द लाल संघईसमक्ष सपथ ग्रहण गर्दै पदबहाली गरेका छन् ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी नेपालकै ठूलो जीवन बीमा कम्पनीमध्ये एक हो, जसले लाखौँ बीमितलाई सेवा प्रदान गर्दै आएको छ । नयाँ सञ्चालक समितिको नेतृत्वले कम्पनीलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?