११ चैत्र २०८१, मंगलवार
ताजा खबर

उत्तराखण्ड हिमपहिरोमा परी चार जनाको मृत्यु

नागरिक पोष्ट

शनिबार, १७ फाल्गुन २०८१

1191 views

1191 views

उत्तराखण्ड हिमपहिरोमा परी चार जनाको मृत्यु

काठमाडौं । भारतको उत्तराखण्डमा पर्ने चमोलीमा हिमताल फुट्दा हिउँमा फसेका मध्ये चार जनाको मृत्यु भएको छ ।

हिउँमा फसेका ५५ जनामध्ये ५० जनालाई बाहिर निकालिएको र जसमध्ये चार जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

अन्य नागरिक बचाउनका लागि सर्च अपरेसन जारी छ । जसको नेतृत्व सेनाको आईबीईएक्स ब्रिगेडले गरेको छ । फसेका मध्ये पहिले घाइते नागरिकको उद्धार कार्य भइरहेको छ ।

हिउँमा फसेका नागरिकको उद्धारका लागि ६ हेलिकप्टरहरू तैनाथ गरिएको छ । अहिले पनि बेपत्ता भएका पाँच जनाको खोजीका लागि सेनाले अभियान चलाइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?