बिहीबार, १ फाल्गुन २०८१
1514 views
1514 views
मेष चू,चे,चो,ला,लि,लू,ले,लो,
मेष राशि हुनेहरूका लागी सूर्य लाभ भावमा, बुध १५ गतेसम्म लाभ भावमा र १६ गतेबाट खर्च भावमा, शुक्र खर्च भावमा, बृहस्पति र शनि क्रमशः धन भावमा र आए भावमा, मंगल पराक्रम भावमा, राहु खर्च भावमा र केतु प्रतिस्पर्धा भावमा गोचर गरिरहेका छन् ।
माथि उल्लेखित ग्रहगोचरको अध्ययन वा विश्लेषण गर्दा यो महिना मेष राशि हुनेहरूका समय उत्तम रहेको छ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूका लागी राज्यबाट पद प्राप्तिको योग रहेको छ । पैतृक धन तथा प्राकृतिक स्रोतको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । नोकरीमा प्रवेश पाइने तथा मान सम्मान पाइने योग रहेको छ । सरकारी जागिरेहरूले बढुवा तथा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेको छ । सेयर बजार, उद्योग, निर्माण सामाग्री, स्कुल, कलेज, बैक तथा वित्तीय क्षेत्रको लगानीबाट मनग्गे धन तथा सम्पत्ति आर्जन गर्न सकिनेछ ।
भाग्यले साथ दिने हुनाले सामाजिक तथा धार्मिक कार्यमा मन जानेछ भने मन्दिरको यात्रा गरि प्रसाद ग्रहण गर्न सकिनेछ । गीतकार, संगीतकार तथा साहित्यको क्षेत्रमा काम गर्नेहरूका लागी समय फलदायी रहनेछ । प्रेम बन्धनमा भावना साटासाट हुने तथा दाम्पत्य जीवन सुखमय रहनेछ । कर्मप्राप्ति वा अध्ययनको सवालमा लामो दूरीको विदेश यात्राको प्रशस्त सम्भावना रहेको छ । बाह्रौँ भावमा शुक्रको गोचरले शुभ कार्यमा खर्च बढ्ने तथा शयन सुख प्राप्त हुनेछ ।
वृष ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो
वृष राशि हुनेहरूका लागी सूर्य राज्य भावमा, बुध १५ गतेसम्म कर्म भावमा र १६ गतेबाट लाभ भावमा, शुक्र लाभ भावमा, बृहस्पति र शनि क्रमशः राशि र राज्य भावमा, मंगल धन भावमा, राहु आए भावमा र केतु सन्तान भावमा गोचर गरिरहेका छन् ।
माथि उल्लेखित ग्रहगोचरको अध्ययन वा विश्लेषण गदा राज्य भावमा गोचर गर्ने सूर्यको शुभ प्रभावले नोकरीमा प्रवेश वा पदोन्नतिको गतिलो योग रहेको छ । प्रशासनिक तथा सरकारी क्षेत्रमा हुनुहुन्छ भने तपाईँकै वर्चस्व रहनेछ । राज्यबाट आर्थिक लाभ तथा सम्मान पाइने हुँदा मन प्रसन्न रहनेछ । शत्रु परास्त हुनेछन् भने न्यायिक निर्णयहरू तपाईँकै पक्षमा हुनेछन् । निर्माण सामाग्री, खाद्यान्न तथा गरगहनाका व्यापार महिनाभर नै उल्लेख्य मात्रामा वृद्धि हुनेछ । स्कुल, कलेज, बैक तथा वित्तीय क्षेत्रबाट मनग्गे धन तथा सम्पत्ति आर्जन गर्न सकिनेछ । लाभ भावमा शुक्रको शुभ गोचरको कारणले प्राकृतिक स्रोत साधनको भरपुर प्रयोग गर्न पाइनेछ भने शुभ तथा मांगलिक काम वा भौतिक सम्पत्ति जोड्ने सवालमा ठुलो धन राशि खर्च हुनेछ ।
विद्या तथा प्रतिस्पर्धामा विद्यार्थी वर्गहरूले आफ्नो प्रतिस्पर्धी हरूलाई हराउँदै अग्र स्थानमा तपाईँको नाम आउनेछ । प्रेममा थप सामीप्य बढ्ने वा प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न सकिनेछ । कर्म भाव र आए भावमा महिना भरनै गोचर गर्ने बुधको प्रभावले लेखन कला तथा वाणीमा सुधार गर्दै उन्नतिका पाइला अगाडी बढाउन सकिनेछ । प्रविधि वा सामाजिक सञ्जालको प्रयोग मार्फत आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ ।
अग्रज वा दिग्गज व्यक्तिहरूको आशीर्वाद पाइने हुँदा मन प्रसन्न हुनेछ । सामाजिक तथा धार्मिक कार्यमा मन जानेछ भने मन्दिरको यात्रा गरि प्रसाद ग्रहण गर्न सकिनेछ । गीतकार, संगीतकार तथा साहित्यको क्षेत्रमा काम गर्नेहरूका लागी समय फलदायी रहनेछ । काम वा अध्ययनको सिलसिलामा लामो दूरीको यात्राको प्रशस्त सम्भावना रहेको छ ।
तर पनि महिनाभर नै मंगलको गोचर धन भावमा रहने हुनाले रुपैयाँ पैसा सापटी वा लोनको रूपमा आफन्त तथा कुटुम्बलाई नदिनुहोला । सन्तान भावमा केतुको गोचरले सन्तानसँग वैचारिक मतभेद रहनेछ ।
मिथुन का,की,कू,घ,ङ,छ,के,को,हा
मिथुन राशि हुनेहरूका लागी सूर्य भाग्य भावमा, बुध १५ गतेसम्म भाग्य भावमा र १६ गतेबाट कर्म भावमा, शुक्र राज्य भावमा, बृहस्पति र शनि क्रमशः खर्च र भाग्य भावमा, मंगल राशिमा, राहु राज्य भावमा र केतु सुख भावमा गोचर गरिरहेका छन् ।
महिनाभर नै ग्रहहरुको अनुकूल प्रभावले सामाजिक तथा धार्मिक कार्यमा मन जानेछ भने मन्दिरको यात्रा गरि प्रसाद ग्रहण गर्न सकिनेछ । शुभ तथा मांगलिक सभा समारोहमा सहभागी भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । लामो समय देखिको प्रेम सम्बन्धलाई अग्रज वा आफन्तको सल्लाहमा विवाहमा परिणत गर्न सकिनेछ । राजनीतिकर्मी तथा समाजसेवीहरूका लागी समयले साथ दिने हुनाले आफ्नो कामबाट सन्तुष्ट हुने वा पद प्राप्त हुने योग रहेको छ । सरकारी क्षेत्रका काम गर्नेहरूका लागी सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेको छ । ठुलाबडा तथा विशिष्ट व्यक्तिहरुको आशीर्वाद पाइने हुँदा मन प्रसन्न हुनेछ । गीतकार, संगीतकार तथा साहित्यको क्षेत्रमा काम गर्नेहरूका लागी समय फलदायी रहनेछ ।
वृहस्पतिको अनुकूल प्रभावले स्कुल, कलेज, बैक तथा वित्तीय क्षेत्रबाट मनग्गे धन तथा सम्पत्ति आर्जन गर्न सकिनेछ । शेयर बजारमा सुझबुझका साथ लगानी गर्दा नाफा कमाउन सकिनेछ । कन्स्ट्रक्सन, ठेक्कापट्टा, निर्माण सामाग्री, गाडी इन्जिन, खाद्यान्न तथा गर गहनाका व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । पत्रकार, स्वदेशी वा विदेशी सामानको आयात निर्यात गर्ने उद्योगी व्यापारी, फिल्मी वा मनोरञ्जनको क्षेत्रमा काम गर्नेहरूका लागी समय उत्तम रहेको छ ।
तर पनि सुख भावमा गोचर गर्ने केतुको प्रभावले घरजग्गा सम्बन्धी विवाद हुने तथा सवारी साधनबाट चोटपटक लाग्ने योग रहेको छ । भाग्य भावमा शनिको प्रतिकुल प्रभावले न्यायसङ्गत काम नगर्दा जेल नेलको यात्रा हुने तथा फन्दामा परिन सकिन्छ ।
कर्कट ही,हू,हे,हो,डा,डी,डु,डे,डो
कर्कट राशि हुनेहरूका लागी सूर्य कष्ट भावमा, बुध १५ गतेसम्म कष्ट भावमा र १६ गतेबाट भाग्य भावमा, शुक्र भाग्य भावमा, बृहस्पति र शनि क्रमशः लाभ भावमा र कष्ट भावमा, मंगल खर्च भावमा, राहु भाग्य भावमा र केतु पराक्रम भावमा गोचर गरिरहेका छन् ।
राजनीति तथा समाजसेवामा तपाईँको उपस्थिति कमजोर रहनेछ । सवारी साधन तथा भौतिक वस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला चोटपटक लाग्ने तथा अप्रिय घटना नघट्ला भन्न सकिन्न । आफन्त तथा शुभचिन्तकहरूको सल्लाह तथा सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । स्थायी सम्पत्तिमा विवाद आउने योग रहेको छ । आँखा, हड्डी, मुटु तथा मेरुदण्ड सम्बन्धी रोगबाट पीडित भएकाहरूले भने सचेत हुनु जरुरी देखिन्छ भने औषधी उपचारमा खर्च बढ्ने योग पनि रहेको छ । महिना भरनै शनिको अढैया दशाको प्रभाव पर्नेछ । जन्म कुण्डलीमा शनि कमजोर हुनेहरूका लागी खानपान तथा बाहिरी वातावरणमा ध्यान दिनुहोला । शरीरमा आलस्य तथा अल्छीपना बढेर जानेछ । सवारी साधन तथा भौतिक सम्पत्तिको प्रयोग गर्दा ध्यान दिनुहोला । खर्च भावमा मंगलको गोचरको कारण शरीरमा घाउ, चोट लाग्ने तथा औषधी उपचार खर्च बढ्ने योग रहेको छ ।
तर पनि शेयर बजार तथा वित्तीय क्षेत्रमा गरिएको लगानीबाट थोरै भए पनि मुनाफा कमाउन सकिनेछ । आफन्त तथा दिदीबहिनीबाट तपाईँको काममा सहयोग प्राप्त हुनेछ । शुभ तथा मांगलिक सभा समारोहका सहभागी भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ भने छोटो दूरीको रमाइलो यात्राको तय हुनेछ । काम, अध्ययन वा धार्मिक कामको सिलसिलामा लामो दूरीको यात्रा हुनेछ । लेखन कला साहित्यको क्षेत्रमा बाकी रहेको कामलाई फत्ते गर्दै नयाँ कामको थालनी गर्न सकिनेछ ।
पराक्रम भावमा गोचर गर्ने केतुले भाग्यमा अकस्मात् वृद्धि हुनेछ । न्यायिक निर्णयहरू तपाईँकै पक्षमा फैसला हुने तथा मित्रबाट आर्थिक सहयोग प्राप्त हुनेछ । धर्म भावमा राहुको गोचरको कारणले अध्ययन वा कामको सवालमा देश वा घर छोडी परदेशको यात्रा गर्नुपर्नेछ ।
सिंह मा,मी,मू,मे,मो,टा,टी,टू,टे
सिंह राशि हुनेहरूका लागी सूर्य व्यापार भावमा, बुध १५ गतेसम्म व्यापार भावमा र १६ गतेबाट कष्ट भावमा, शुक्र कष्ट भावमा, बृहस्पति र शनि क्रमशः राज्य भावमा र व्यापार भावमा, मंगल आए भावमा, राहु कष्ट भावमा र केतु धन भावमा गोचर गरिरहेका छन् ।
बुध, शुक्र, मंगल र वृहस्पतिको अनुकूल गोचरको कारणले अल्झेर बसेका काम धन्दाहरू नियमित रूपमा सुचारु गर्न सकिनेछ । सरकारी जागिरमा प्रवेश वा पदोन्नतिको प्रशस्त सम्भावना रहेको छ । प्रेमलाई विवाह मार्फत घर गृहस्थीमा परिणत गर्न सकिनेछ । शेयर बजार तथा वित्तीय क्षेत्रमा गरिने लगानीबाट आंशिक लाभ हुनेछ । उद्योग, शिक्षा, बैक तथा वित्तीय क्षेत्र, फिल्मी वा मनोरञ्जनको क्षेत्रमा काम गर्नेहरूले नाम तथा दाम दुवै कमाउने योग रहेको छ । लेखन, कला, साहित्यमा थाती रहेका काम सकाउन सकिनेछ । धार्मिक क्षेत्रमा काम गर्नेहरूका लागी समय उत्तम रहेको छ ।
तर पनि व्यापार भावमा गोचर गर्ने सूर्यले घर परिवार तथा जीवन साथीसँग राय बाझिनेछ । साझेदारी व्यापारमा वैमनस्यता पैदा हुनेछ । स्वास्थ्य सम्बन्धी समस्याले पिरोल्ने तथा औषधी उपचार खर्च बढ्नेछ । दीर्घरोग जस्तै प्रेसर, सुगर जस्ता रोगीहरूका लागी समय अनुकूल नहुन सक्छ । धन भावमा केतुको गोचर र कष्ट भावमा राहुको प्रतिकुल गोचरको कारण शरीरमा घाउ खटिरा तथा चोटपटकको सम्भावना रहेको छ । सवारी साधन तथा मानव निर्मित स्रोत साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । प्राकृतिक प्रकोपको चपेटामा परिन सकिन्छ ध्यान दिनुहोला । आफन्त तथा कुटुम्बसँग आर्थिक लेनदेनको मुद्दामा फस्न सकिन्छ ।
कन्या टो,पा,पी,पु,ष,ण,ठ,पे,पो
कन्या राशि हुनेहरूका लागी सूर्य प्रतिस्पर्धा भावमा, बुध १५ गतेसम्म प्रतिस्पर्धा भावमा र १६ गतेबाट व्यापार भावमा, शुक्र व्यापार भावमा, बृहस्पति र शनि क्रमशः भाग्य भावमा र प्रतिस्पर्धा भावमा, मंगल राज्य भावमा, राहु व्यापार भावमा र केतु राशिमा गोचर गरिरहेका छन् ।
यो महिना सिंह राशि हुनेहरूका लागी समय उत्तम रहेको छ । अधिकांश ग्रहको कुनुकुल गोचरका कारण साहसी काम गरेर अरूको मन जित्न सकिनेछ भने प्रतिस्पर्धीहरू सहयोगी बन्नेछन् । नोकरी वा अध्ययनमा हुने प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । अदालत तथा न्यायालयबाट हुने निर्णयहरू तपाईँकै पक्षमा आउने हुँदा मन प्रसन्न हुनेछ । पढाइ लेखाइमा अरूलाई पछाडि छोड्दै तपाईँको नाम अग्र स्थानमा आउनेछ । अध्ययन तथा कामको सिलसिलामा लामो दूरीको यात्राको तय हुनेछ । लेखन कलाको माध्यमबाट आफ्नो विचारहरू जनमानसमा लैजान सकिनेछ ।
नयाँ कार्ययोजना बनाई आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । शेयर बजार तथा वित्तीय क्षेत्रको लगानीबाट थोरै भए पनि आम्दानी गर्न सकिनेछ । पैतृक सम्पत्ति र प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । उद्योगी, व्यापारी, राजनीतिकर्मी, समाजसेवी, पत्रकार, मेडिकल क्षेत्रसँग सम्बन्धित व्यक्तिहरुका लागी समय उत्तम रहेको छ । थाती रहेको तथा अल्झेर बसेका काम धन्दाहरू नियमित रूपमा सुचारु हुँदा काम गर्न जोस जाँगर बढेर आउनेछ ।
तर पनि राहु तथा केतुको गोचर अनुकूल नहुनाले धन सम्पत्ति फस्ने तथा कष्टकर यात्रा नहोला भन्न सकिन्न । पति पत्नीबिच घरायसी कुरा नमिल्दा सामान्य मतभेद रहनेछ ।
तुला रा,री,रु,रे,रो,ता,ती,तू,ते
तुला राशि हुनेहरूका लागी सूर्य विद्या भावमा, बुध १५ गतेसम्म विद्या भावमा र १६ गतेबाट प्रतिस्पर्धा भावमा, शुक्र प्रतिस्पर्धा भावमा, बृहस्पति र शनि क्रमशः
कष्ट भावमा र विद्या भावमा, मंगल भाग्य भावमा, केतु खर्च भावमा र राहु प्रतिस्पर्धा भावमा गोचर गरिरहेका छन् ।
राजनीति तथा समाजसेवामा जनताको समर्थन पाउन निकै नै मेहनत गर्नुपर्नेछ । अष्टम भावमा गोचर गर्ने वृहस्पतिको प्रतिकुल प्रभावले ऋण, रोग तथा संकटको सामना गर्नुपर्ने हुन सक्छ ध्यान दिनुहोला । सन्तान वा विद्या भावमा शनिको प्रभावले अध्ययनमा उतारचढाव आउनेछ । सन्तानसँग वैचारिक मतभेद हुनेछ । पेट तथा कलेजोसँग सम्बन्धित रोगीहरूका लागी समय मध्यम रहेको छ । भाग्यमा अवरोध तथा अपरेसन बिग्रने प्रबल सम्भावना रहन्छ । शत्रुबाट पराजय र दाजुभाइबाट असहयोग रहनेछ ।
तर पनि बुध, शुक्र, राहु र मंगलको अनुकूल प्रभावले लेखन कलाको माध्यमबाट आफ्नो विचारहरू जनमानसमा लैजान सकिनेछ । भौतिक तथा विलासी वस्तुको कारोबार गर्नेहरूले मनग्गे धन सम्पत्ति जोड्न सक्नेछन् । उपहार तथा चिट्ठा प्राप्तिको गतिलो योग रहेको छ । शेयर बजार, बैक तथा वित्तीय क्षेत्रबाट केही मात्रामा लाभ लिन सकिनेछ । नोकरी वा अध्ययनमा हुने प्रतिस्पर्धामा तपाईँको उपस्थिति उत्साहजनक रहनेछ । अध्ययन वा कामको सवालमा लामो दूरीको यात्राको योग रहेको छ । मनोरञ्जन तथा फिल्मी क्षेत्रमा सफलता प्राप्त हुनेछ । खाद्यान्न, विलासी सामान, निर्माण सामाग्रीको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ ।
वृश्चिक तो,ना,नी,नू,ने,नो,या,यी,यू
वृश्चिक राशि हुनेहरूका लागी सूर्य सुख भावमा, बुध १५ गतेसम्म सुख भावमा र १६ गतेबाट विद्या भावमा, शुक्र विद्या भावमा, बृहस्पति र शनि क्रमशः व्यापार भावमा र सुख भावमा, मंगल कष्ट भावमा, केतु आए भावमा र राहु विद्या भावमा गोचर गरिरहेका छन् ।
सुख भावमा महिनाभर सूर्यको प्रभावले सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । घर जग्गा तथा रियल स्टेट सम्बन्धी काम गर्ने व्यापारीहरूका लागी समय मध्यम रहेको छ । आमाको स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढ्नेछ । छाती सम्बन्धी, श्वास प्रश्वास र मुटु सम्बन्धी समस्या आउन सक्छ ध्यान दिनुहोला । राजनीति तथा समाजसेवामा जनताको समर्थन पाउन निकै नै मेहनत गर्नुपर्नेछ । अढैया शनिको प्रभाव महिनाभर नै रहने हुनाले जन्म कुण्डलीमा शनि कमजोर छ भने उच्च रक्तचाप, टाउको दुखाई, कोलस्ट्रोल, छाती, आँखा तथा मौसमी रोगले सताउने तथा मेडिकल खर्च बढेर जाने योग रहेको छ । सवारी साधनमा बारम्बार आउने समस्याले दिग्दार बनाउनेछ । त्यस्तै कष्ट भावमा मंगलको प्रतिकुल गोचरको कारण शरीरमा चोटपटक तथा यात्रा गर्दा दुर्घटना हुने प्रबल सम्भावना रहेको छ ध्यान दिनुहोला ।
तर पनि बुध, शुक्र, र केतुको अनुकूल प्रभावले शुक्रको शुभ प्रभावले लेखन कलाको माध्यमबाट आफ्नो विचारहरू जनमानसमा लैजान सकिनेछ । भौतिक तथा विलासी वस्तुको कारोबार गर्नेहरूले मनग्गे धन सम्पत्ति जोड्न सक्नेछन् । उपहार तथा चिट्ठा प्राप्तिको गतिलो योग रहेको छ । शेयर बजार, बैक तथा वित्तीय क्षेत्रबाट केही मात्रामा लाभ लिन सकिनेछ । नोकरी वा अध्ययनमा हुने प्रतिस्पर्धामा तपाईँको उपस्थिति उत्साहजनक रहनेछ । अध्ययन वा कामको सवालमा लामो दूरीको यात्राको योग रहेको छ । मनोरञ्जन तथा फिल्मी क्षेत्रमा सफलता प्राप्त हुनेछ ।
धनु ये,यो,भा,भी,भू,ध,फा,ढा,भे
धनु राशि हुनेहरूका लागी सूर्य पराक्रम भावमा, बुध १५ गतेसम्म पराक्रम भावमा र १६ गतेबाट सुख भावमा, शुक्र सुख भावमा, बृहस्पति र शनि क्रमशः प्रतिस्पर्धा भावमा र पराक्रम भावमा, मंगल व्यापार भावमा, केतु राज्य भावमा र राहु सुख भावमा गोचर गरिरहेका छन् ।
माथि उल्लेखित ग्रह गोचरको अध्ययन तथा विश्लेषण गर्दा दाजुभाइ तथा छिमेकीसँग गरिने व्यवसाय फस्टाएर जाने हुनाले प्रशस्त नाफा कमाउन सकिनेछ आर्थिक क्षेत्र र शेयर बजारमा गरिने लगानीमा सन्तोषजनक नाफा हुनेछ । भौतिक वस्तु तथा सवारी साधनको कारोबार फस्टाएर जानेछ । ठेक्कापट्टा, प्राकृतिक स्रोत साधनको प्रयोग, निर्माण सामाग्री, सवारी साधनको खरिद बिक्री, विलासी सामानको व्यापार, गरगहना तथा टेक्निकल सामानको पार्टस पुर्जाको व्यापार गर्नेहरूका लागी फलदायी रहनेछ ।
अरूलाई प्रभावित पारेर सजिलै काम लिन सकिनेछ । अन्धविश्वास तथा कुसंस्कारको विरुद्ध कलम चलाई समाजलाई शिक्षित पार्न तपाईँको लेखन कलाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ । विद्यामा सफलता प्राप्त हुनेछ भने छोटो तथा रमाइलो यात्राको तय हुनेछ । माया प्रेमका सम्बन्धहरू विवाहमा परिणत गर्ने सहमति जुट्नेछ । लामो दूरीको शैक्षिक तथा कर्म प्राप्तिको लागी यात्राको गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन प्राप्त हुने हुँदा राजनीतिकर्मी तथा कूटनीतिको क्षेत्रमा काम गर्नेहरूका लागी समय उत्तम रहेको छ । साहसी क्रियाकलापमा भाग लिई नाम कमाउन सकिनेछ । मुद्दा मामिला तथा न्यायालयबाट हुने न्याय सम्पादन तपाईँकै पक्षमा हुनेछन् । न्यायिक क्षेत्रमा काम गर्ने न्यायाधीश, अधिवक्ता तथा नोकरीमा प्रतिस्पर्धा गर्नेहरूका लागि समय फलदायी रहनेछ ।
तर पनि व्यापार भावमा मंगल र सुख भावमा राहुको गोचरका कारण घरपरिवार तथा जीवनसाथीसँग सामान्य मतभेद रहनेछ ।
मकर भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी०
मकर राशि हुनेहरूका लागी सूर्य धन भावमा, बुध १५ गतेसम्म धन भावमा र १६ गतेबाट पराक्रम भावमा, शुक्र पराक्रम भावमा, बृहस्पति र शनि क्रमशः विद्या भावमा र धन भावमा, मंगल प्रतिस्पर्धा भावमा, केतु भाग्य भावमा र राहु पराक्रम भावमा गोचर गरिरहेका छन् ।
माथि उल्लेखित ग्रह गोचरको अध्ययन तथा विश्लेषण गर्दा धन भावमा गोचर गरिरहेको सूर्यको प्रतिकुल प्रभावले धन सम्पत्ति हराउने, लुटिने तथा स्थायी सम्पत्तिमा विवाद हुन सक्छ ध्यान दिनुहोला । टाउको, आँखा तथा पेट सम्बन्धी समस्याले नसताउला भन्न सकिन्न । मानसिक वा शारीरिक कष्ट हुनेछ । पति पत्नीको स्वास्थ्य प्रतिकुल असर पर्नेछ । महिनाभरि नै शनिको अन्य साढेशातीको प्रभाव पर्नेछ । जन्म कुण्डलीमा शनि कमजोर हुनेहरूले खानपान तथा बाहिरी वातावरणको ध्यान दिनुहोला । शरीरमा आलस्य तथा अल्छीपना बढेर जानेछ । नशा, प्यारालाइसिस, ग्यास्ट्रिक तथा दीर्घ रोगीहरूका लागी समय कष्टकर हुनेछ । खर्च अभावले हातमा आइसकेको काम रोकिनेछ भने व्यापार व्यवसायमा मन्दी आउनाले खल्ती रित्तिनेछ । आफन्त तथा अग्रजहरूसँग सानो सानो विषयमा विवाद सिर्जना हुने योग रहेको छ । समयमा सम्पन्न नहुने तथा गल्ती गर्नाले दण्ड तथा जरिवाना तिर्नु पर्ने हुन सक्छ ध्यान दिनुहोला ।
तर पनि शुक्र, बुध, मंगल, वृहस्पति र राहुको अनुकूल प्रभावले न्यायिक क्षेत्रमा काम गर्ने न्यायाधीश, पत्रकार, अधिवक्ता तथा नोकरीमा प्रतिस्पर्धा गर्नेहरूका लागी समय फलदायी रहनेछ । भौतिक वस्तु तथा सवारी साधनको कारोबार फस्टाएर जानेछ । आर्थिक क्षेत्र र शेयर बजारमा गरिने लगानीबाट सन्तोष जनक नाफा हुनेछ । प्राकृतिक स्रोत साधनको प्रयोग, विलासी सामानको व्यापार, गरगहना तथा टेक्निकल सामानको पार्टस पुर्जाको व्यापार गर्नेहरूका लागी फलदायी रहनेछ ।
कुम्भ गू,गे,गो,सा,सी,सू,से,सो,दा
कुम्भ राशि हुनेहरूका लागी सूर्य राशिमा, बुध १५ गतेसम्म राशिमा र १६ गतेबाट धन भावमा, शुक्र धन भावमा, बृहस्पति र शनि क्रमशः सुख भावमा र राशिमा, मंगल विद्या भावमा, केतु कष्ट भावमा र राहु धन भावमा गोचर गरिरहेका छन् ।
कुम्भ राशि हुनेहरूका लागी विदेशी भूमिमा बसेर गरिने लगानी तथा कामबाट मनग्गे आम्दानी हुनेछ । शिक्षा तथा कामको लागि लामो दूरीको विदेश यात्राको तय हुनेछ । लेखन कला तथा साहित्यको क्षेत्रमा समय लगानी गर्नेहरूका लागी समय उत्तम रहेको छ । प्रयत्न गर्दा आम्दानी बढ्ने तथा लगानीका क्षेत्रहरू भेटिनेछन् । विलासी वस्तुको प्रयोग गर्न पाइने तथा भौतिक सम्पत्ति हात लागी हुने योग रहेको छ । तरल पदार्थ तथा सौन्दर्यको सामानको व्यापारमा उल्लेख्य सुधार आउनेछ । जागिर वा अध्ययनमा हुने प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । भौतिक सम्पत्ति वा विलासी सामान उपहारको रुपामा प्राप्त हुनेछ । धर्म तथा अध्यात्म क्षेत्रमा मन जानेछ भने लामो दूरीको धार्मिक यात्राको प्रशस्त सम्भावना रहेको छ । पैतृक धन तथा भौतिक सम्पत्ति हात लागी हुने योग रहेको छ । विपरीत लिङ्ग तथा साथी संगतले फाइदा हुने तथा विलासी सामान प्रयोग गर्न पाइने हुनाले मन प्रसन्न रहनेछ । घरजग्गा तथा सवारी साधन जोड्ने योग रहेको छ ।
तर पनि धन भावमा गोचर गर्ने राहु र कष्ट भावमा गोचर गर्ने केतुको प्रतिकुल गोचरको कारण आँखामा कष्ट, धनसम्पत्तिमा हानी, विद्यामा अरुचि तथा आफन्तको असहयोग रहने तथा ऋण, रोग तथा शत्रुको सामना गर्नुपर्नेछ । शनिको मध्य साढेसातीको प्रभाव महिनाभर रहनेछ । जन्म कुण्डलीमा शनि कमजोर हुनेहरूका लागी खानपान तथा बाहिरी वातावरणमा ध्यान दिनुहोला । शरीरमा आलस्य तथा अल्छीपना बढेर जानेछ । नशा, प्यारालाइसिस, ग्यास्ट्रिक तथा दीर्घ रोगीहरूले विशेष ख्याल गर्नुहोला ।
मीन दी,दू,थ,झ,ञ,दे,दो,चा,ची
मीन राशि हुनेहरूका लागी सूर्य खर्च भावमा, बुध १५ गतेसम्म खर्च भावमा र १६ गतेबाट राशिमा, शुक्र राशिमा, बृहस्पति र शनि क्रमशः पराक्रम भावमा र खर्च भावमा, मंगल सुख भावमा, केतु व्यापार भावमा र राहु राशिमा गोचर गरिरहेका छन् ।
माथि उल्लेखित ग्रह गोचरको अध्ययन तथा विश्लेषण गर्दा मीन राशि हुनेहरूका लागी व्यावहारिक तथा आर्थिक उतारचढाव आउनेछ । खर्च भावमा गोचर गर्ने सूर्यको प्रभावले औषधी उपचार खर्च बढ्नेछ । राज्यको नजिक रही काम गर्नेहरुले काममा ढिला सुस्ती तथा काम बिग्रने हुँदा राज्यलाई दण्ड जरिवाना तिर्नु पर्ने हुन सक्छ । राज्यको नुन खाएकाहरूले नियम संगत काम गर्न नसक्दा नोकरीमा असजिलो परिस्थितिको सामना गर्नु पर्नेछ ।
सुख भावमा मंगलको प्रतिकुल गोचरको कारण सवारी साधनमा क्षति तथा आफन्तमा मतभेद गराउनेछ । शनिको आद्य साढेसातीको प्रभाव महिनाभर नै रहने हुनाले र जन्म कुण्डलीमा शनि कमजोर हुनेहरूलाई श्वासप्रश्वास, आँखा, टाउको सम्बन्धी समस्या आउने सम्भावना रहेको छ । दीर्घरोग जस्तै प्रेसर,सुगर जस्ता रोगीहरूले विशेष ख्याल गर्नुहोला । भौतिक सम्पत्ति वा सवारी साधनको प्रयोग गर्दा ध्यान नदिए दुर्घटना नहोला भन्न सकिन्न । व्यापार भावमा केतुको प्रभावले व्यापारमा सामान्य मन्दी आउनेछ । श्रीमान् श्रीमती बिच घरायसी कुरा नमिल्दा सामान्य मनमुटाब सिर्जना नहोला भन्न सकिन्न ।