२ माघ २०८१, बुधबार
ताजा खबर

नगरिक लगानी कोषको ३० औं वार्षिक सभा सम्पन्न

नागरिक पोष्ट

मंगलवार, १ माघ २०८१

375 views

375 views

नगरिक लगानी कोषको ३० औं वार्षिक सभा सम्पन्न

काठमाडाैं  । नगरिक लगानी कोषको ३० औं वार्षिक सभा सम्पन्न भएकाे छ।सोमबार सम्पन्न सभाले ७ प्रतिशत बेनस सेयर र ६ प्रतिशत नगद लाभांस गरि १३ प्रतिशत लाभांस दिने प्रस्ताव पारित गरेको छ ।

यस्तै सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको २०८१ साल असार मसान्तको वासलात तथा सोहि मितिमा समाप्त भएको आर्थिक वर्ष २०८०/८१ को नाफा/नोक्सान हिसाब र नगद प्रवाह विवरणमा लगायतका वित्तीय विवरणहरु उपर छलफल गरी पारित गरेको छन् ।

नागरिक लगानी कोषले आर्थिक वर्ष २०८०/८१ मा मुनाफामा वृद्धि गरेको छ । कोषको केन्द्रीय हिसाब अनुसार, आर्थिक वर्ष २०७९/८० मा कुल आम्दानी रु. १ अर्ब ९४ करोड १८ लाख रहेकोमा संचालन र अन्य खर्च कटाई कर पछिको खुद मुनाफा रु. १ अर्ब २२ करोड ३६ लाख थियो ।

आर्थिक वर्ष २०८०/८१ मा कोषको कुल आम्दानी बढेर रु. २ अर्ब ७ करोड ६४ लाख पुगेको छ । संचालन र अन्य खर्च कटाएर कर पछिको खुद मुनाफा रु. १ अर्ब १५ करोड ८७ लाख रहेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा खुद मुनाफा केही घटेको देखिएता पनि कर अघिको खुद मुनाफामा ११.७६ प्रतिशतले वृद्धि भएको छ ।

कोषले गत आर्थिक वर्षमा रु. १ अर्ब १५ करोड ८७ लाख खुद नाफा कमाएको थियो । ऐन अनुसार, रु. २८ करोड ९६ लाख साधारण जगेडा कोषमा राखेपछि बाँकी रहेको रु. ८६ करोड ९० लाखबाट लाभांश वितरण गरिनेछ । वितरण गरिने लाभांशमध्ये ७ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश (लाभांश कर समेत) रहेको छ ।

नागरिक लगानी कोषको लगानीमा उल्लेख्य वृद्धि भएको छ । कोषले आर्थिक वर्ष २०८०/८१ मा आफ्नो लगानी १०.५२ प्रतिशतले बढाएको हो । कोषले मुद्दती निक्षेप, सरकारी ऋणपत्र, संगठित संस्थाको धितोपत्र, समयकालीन कर्जा, सहभागी सापटी तथा आवास कर्जामा लगानी गर्दै आएको छ । कोषको शेयर पुँजी, जगेडा रकम तथा विभिन्न कार्यक्रमबाट संकलित रकममध्ये आर्थिक वर्ष २०७९/८० मा रु. २ खर्ब २४ अर्ब ८५ करोड ६४ लाख लगानी भएकोमा आर्थिक वर्ष २०८०/८१ मा बढेर रु. २ खर्ब ४८ अर्ब ५१ करोड ५० लाख पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?