२८ पुष २०८१, आईतवार
ताजा खबर

रविको मुद्दा हेर्दाहेर्दैमा, अदालतले लगायो प्रहरीको जिम्मा

नागरिक पोष्ट

आईतवार, २८ पुष २०८१

545 views

545 views

रविको मुद्दा हेर्दाहेर्दैमा, अदालतले लगायो प्रहरीको जिम्मा

काठमाडौं‌  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा सहकारी ठगी आरोपित रवि लामिछानेको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।

काठमाडौं जिल्ला अदालतमा बयान सकिएपनि थुनछेक बहस नभएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले सोमबार पुनः अदालतमा पेश गर्नेगरी प्रहरीको जिम्मा लगाउने आदेश जारी गरेको सूचना अधिकारी अमरबहादुर चन्दले जानकारी दिए ।

चन्दका अनुसार; रविलाई हाल काठमाडौं प्रहरी परिसर भद्रकालीले जिम्मा लिएर लगेको छ । बहस नसकिउञ्जेल प्रहरीकै जिम्मामा लामिछाने अदालत उपस्थित हुनेछन्‌ ।

काठमाडौं अदालतमा कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनसम्बन्धी मुद्दामा प्रतिवादी लामिछानसँग दिनभर बयान लिइएको थियो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले गत पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता गर्न सुझाव दिएपछि उनी अदालतमा हाजिर भएका थिए ।

उक्त सहकारीबाट ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना भएको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?