१ माघ २०८१, मंगलवार
ताजा खबर

माघ महिनाका लागि अधिकांश वाणिज्य बैंकहरूकाे निक्षेपकाे ब्याजदर यथावत

नागरिक पोष्ट

सोमबार, २९ पुष २०८१

341 views

341 views

माघ महिनाका लागि अधिकांश वाणिज्य बैंकहरूकाे निक्षेपकाे ब्याजदर यथावत

काठमाडाैं, २९ पुस । माघ महिनामा अधिकांश वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर यथावत राखेका छन् । आज सार्वजनिक गरेको ब्याजदरमा माघका लागि केही बैंकले ब्याजदर घटाएका छन् । केही बैंकले ब्याजदर बढाउँदा अधिकांशले पुसकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

२० बैंकहरुमध्ये १७ वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदरमा पुस महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । बाँकी दुई वटाले घटाएका छन् भने १ वटा बैंकले बढाएको छ ।

नेपाल एसबिआई बैंक र लक्ष्मी सनराइज बैंकले ब्याजदर बढाएका छन् भने कृषि विकास बैंकले घटाएकाे छ ।

लक्ष्मी सनराइज बैंकले माघका महिनाका लागि व्यक्तिगततर्फ ब्याजदर बढाएको छ । पुसमा ५.५ प्रतिशत रहेको ब्याजदर माघमा बढाएर ५.७५ प्रतिशत पुर्याएको छ । संस्थागततर्फ भने ४.५ प्रतिशत अर्थात् पुस महिनाकै ब्याजदरलाई निरन्तरता दिएको छ ।

यस्तै कृषि विकास बैंकले माघ महिनाका ब्याजदर घटाएको छ । पुसमा ५.५७ प्रतिशत रहेकाे व्यक्तिगत मुद्दतीतर्फकाे ब्याजदर कृषि विकास बैंकले माघ महिनाका लागि ५.५१ प्रतिशत ब्याजदर तोकेको छ ।

यस्तै नेपाल एसबीआई बैंकले पुसमा व्यक्तिगततर्फ ६ प्रतिशत र ५ प्रतिशत ब्याजदर तोकेकोमा माघका लागि व्यक्तिगततर्फ ५.५ प्रतिशत र संस्थागततर्फ ४.५ प्रतिशत ब्याजदर तोकेको छ ।

यस्तै माघ महिनाका लागि राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगततर्फ ६ र संस्थागततर्फ ३.५ प्रतिशत, नेपाल बैंकले व्यक्तिगततर्फ ५.६ प्रतिशत र संस्थागततर्फ ४.१५ प्रतिशत, एनआईसी एशिया बैंकले व्यक्तिगततर्फ ६.६ प्रतिशत र संस्थागततर्फ ५.६ प्रतिशत, एनएमबि बैंकले व्यक्तिगततर्फ ६.६ प्रतिशत र संस्थागततर्फ ५.६ प्रतिशत, प्रभु बैंकले व्यक्तिगततर्फ ६.१ र संस्थागततर्फ ५.१ प्रतिशत, सिद्धार्थ बैंकले व्यक्तिगततर्फ ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत, सानिमा बैंकले व्यक्तिगततर्फ ६ दशमलव ५ प्रतिशत र संस्थागततर्फ ४.३ प्रतिशत, प्राइम कमर्सियल बैंकले व्यक्तिगततर्फ ६.२५ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदर तोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?