२३ माघ २०८१, बुधबार
ताजा खबर

हाडेभिर र खारा जोड्ने झोलुङ्गे पुल निर्माण

नागरिक पोष्ट

आईतवार, २८ पुष २०८१

1038 views

1038 views

हाडेभिर र खारा जोड्ने झोलुङ्गे पुल निर्माण

म्याग्दी । म्याग्दीको धवलागिरी र मालिका गाउँपालिको सिमाना भएर बग्ने म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण भएको छ ।

धवलागिरि– ७ हाडेभिर र मालिका– ७ खारा जोड्ने म्याग्दी नदीमाथि एक सय एक मिटर लामो झोलुङ्गे पुल निर्माण भएको हो । ५७ लाख ८६ हजार चार सय ८८ रुपैयाँको लागतमा पुल निर्माण भएको धवलागिरि– ७ का वडासदस्य रामबहादुर खत्रीले बताए ।


पुल निर्माण भएपछि दुई घण्टाको घुराउरो बाटो १५ मिनेटमा छोटिएको छ । पुलबाट धारापानी, खारा, बिम, इल्पुका एक सय ७४ घरका एक हजार दुई सय ३३ जनसङ्ख्या लाभान्वित भएका छन् ।

पुल निर्माणको कुल लागतमा ८५ प्रतिशत क्षेत्रगत झोलुङ्गे पुल कार्यक्रमको, १३ प्रतिशत धवलागिरि गाउँपालिका र दुई प्रतिशत उपभोक्ताको श्रमदान रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?