१८ चैत्र २०८१, मंगलवार
ताजा खबर

टेलिकमले सस्तो दरमा भारतमा कल गर्नका लागि एकसेस् काेडको महसुल दर तथा पल्स दर परिमार्जन

नागरिक पोष्ट

मंगलवार, १६ पुष २०८१

3979 views

3979 views

टेलिकमले सस्तो दरमा भारतमा कल गर्नका लागि एकसेस् काेडको महसुल दर तथा पल्स दर परिमार्जन

काठमाडाैं, १६ पुस । नेपाल टेलिकमले विगत देखि नै भारतमा सस्तो दरमा कल गर्नका लागि लागु गरेका विभिन्न विकल्पहरु मध्ये एकसेस् काेड१४२४ को प्रयोग गरेर हुने वाह्यगमन कलको नयाँ महसुल दर निर्धारण गरेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणबाट स्वीकृत भई मिति २०८१/०९/१५ गते राती १२:०० बजेदेखि लागु हुनेगरी एकसेस् काेड १४२४ को महसुल दर कर बाहेक प्रति मिनेट रु. ३.७६ कायम गरिएको हो ।

यसका साथै एकसेस् काेड १४२४, १४२५ र १४४५ को प्रयोग गरेर भारतमा हुने वाह्यगमन कलको पल्स दर (Retails Pulse Duration) ६० सेकेण्ड निर्धारण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?