२० पुष २०८१, शनिबार
ताजा खबर

गृहिणी महिलालाई भत्ता दिनुपर्छ : हरिप्रभा खड्की

नागरिक पोष्ट

मंगलवार, १६ पुष २०८१

579 views

579 views

गृहिणी महिलालाई भत्ता दिनुपर्छ : हरिप्रभा खड्की

काठमाडौं। बागमती प्रदेशकी सामाजिक विकास मन्त्री हरिप्रभा खड्कीले गृहिणी महिलालाई भत्ता दिनुपर्ने बताएकी छन् । मंगलबार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गत राष्ट्रिय बाल अधिकार परिषद्ले गरेको ‘बाल विवाहमुक्त नेपाल अभियान’ को अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले गृहिणीको सशक्तीकरण विना सामाजिक रूपान्तरण नहुने बताएकी हुन् ।

उनले भनेकी छन्, ‘ मनमोहन अधिकारीले ज्येष्ठ नागरिकको सर्वोत्तम हितको लागि वृद्ध भत्ताको सुरुवात गर्नुभएको थियो । त्यसरी नै गृहिणी भत्ता सुरु हुनुपर्छ । तर भत्ता जागिरे, व्यवसायीको लागि नभई विशुद्ध घरमा गृहिणीलाई मात्रै हो ।’

साथै, उनले बागमती प्रदेश सरकारले आमाबुबाविहीन बालबालिकाको लागि सामाजिक सुरक्षा भत्ता पनि दिने निर्णय भएको बताइन् ।

उनले थपिन् ‘बागमती प्रदेशमा ११९ पालिका छन् । जसमा ७४ पालिकामा यस्ता कार्यक्रम अगाडी बढिसकेको छ । ‘बालमैत्री स्थानीय तह घोषणा गर्ने तयारीका साथ काम भइरहेको छ । बाल विवाह न्यूनीकरणका लागि एक करोड ११ करोड बजेट छुट्टाइएको छ ।’

त्यसैगरी बागमती प्रदेशले बालबालिकासम्बन्धी ऐन २०७६ मा बालविवाह अन्त्यको लागि प्रादेशिक रणनीति अगाडी बढेको पनि उनले जानकारी गराएकी छन् ।

‘बाल अधिकार नीति र बालिका तथा समावेशी शिक्षा नीति बनेको छ, उनले भनिन्, ‘पहाडी भेगमा भन्दा तराईमा बाल विवाह भएको देखिन्छ । नीति तथा कार्यक्रममा समावेश गरेर कार्यविधि बनाएरै काम गर्नुपर्छ । पुर्णरुपमा अधिकार प्राप्त नहुँदा प्रदेश सरकारलाई काम गर्न कठिनाइ छ ।’

मन्त्रालयले आजदेखि सातै प्रदेशसँगको सहकार्यमा ‘बाल विवाहमुक्त नेपाल अभियान देशैभर अभियान सुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?