१७ चैत्र २०८१, सोमबार
ताजा खबर

राष्ट्रिय युवा संघ काभ्रेद्धारा आयोजित दोस्रो संस्करणको खुल्ला फुटसल प्रतियोगिताको उपाधी क्लव चौंरी देउरालीलाई

नागरिक पोष्ट

मंगलवार, १६ पुष २०८१

5662 views

5662 views

राष्ट्रिय युवा संघ काभ्रेद्धारा आयोजित दोस्रो संस्करणको खुल्ला फुटसल प्रतियोगिताको उपाधी क्लव चौंरी देउरालीलाई

काठमाडौं । राष्ट्रिय युवा संघ काभ्रेद्धारा आयोजित दोस्रो संस्करणको खुल्ला फुटसल प्रतियोगिताको उपाधी क्लव चौंरी देउरालीले जितेको छ । बनेपा स्थित एबीएम फुटसल मैदानमा आज भएको फाइनल खेलमा पेनाल्टी सुटआउटमा एपीओ बनेपालाई ६–५ गोल अन्तरले पराजित गर्दै क्लव चौंरीले उपाधी जितेको हो ।

निर्धारित १५ मिनेटको खेल बराबरीमा सकिएपछि खेल पेनाल्टीमा पुगेको थियो। योसँगै विजेता क्लव चौंरी देउरालीले नगद ५० हजार सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै उपविजेता एपीओ बनेपाले नगद २५ हजार सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । विजेता, उपविजेता र उत्कृष्ट खेलाडीलाई राष्ट्रिय युवा संघका अध्यक्ष क्षितिज थेबेले पुरस्कार वितरण गरेका छन् ।

 

पुरस्कार वितरण गर्दै अध्यक्ष थेबेले खेल क्षेत्रको प्रवद्र्धनका लागि युवा संघले रचनात्मक कार्य गर्दै आइरहेको बताए । खेल स्वास्थ्यका लागि समेत फाइदाजनक भएकाले शारिरिक तन्दुरुस्ती सँगै सकारात्मक सोचको विकासका लागि पनि खेल महत्वपुर्ण रहेको बताए । युवा संघ काभ्रेका अध्यक्ष इश्वर बल्लव सापकोटाले युवाको संकल्प, समृद्धिको यात्रा नारा सहित विभिन्न कार्यक्रम गर्दै आइरहेको जानकारी दिए । दोस्रो संस्करणको फुटसल प्रतियोगितामा युवाको सहभागीता र चासोले खेल क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको स्पष्ट पारेको बताए । आगामी दिनमा खेल क्षेत्रको थप विकासका लागि युवा संघले निरन्तर आवाज उठाउने उनले बताएका छन् ।

कार्यक्रममा नेकपा एमाले काभ्रेका उपाध्यक्ष देवसागर लामा, केन्द्रिय सह–सचिव सन्देश चौंलागाँई लगायत युवा संघ नेपालका केन्द्रिय अध्यक्ष क्षितिज थेबे , सचिब महेश चौलागाइ , केन्द्रय सचिवालय सदस्य बिक्रम चौलागाई ,राकेश लामा स्थाई कमिटि सदस्य समुन्द्र तिमल्सिना ,नेताहरु रबिन्द्र गौतम , सागर रायमाझि लगायतको खेलाडीको उल्लेख्य उपस्थिती रहेको थियो । खुल्ला फुटसल प्रतियोगितामा ४४ टिम सहभागी थिए । कार्यक्रमको उद्घाटन नेकपा एमालेका पोलिट्व्युरो सदस्य एवं पुर्व मन्त्री गोकुल बाँस्कोटाले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?