३ फाल्गुन २०८१, शनिबार
ताजा खबर

सरकार ढल्ने हल्ला भ्रम मात्रै हो, सत्ता गठबन्धन पूरै अवधि जान्छ : पराराष्ट्रमन्त्री

नागरिक पोष्ट

शनिबार, १३ पुष २०८१

2109 views

2109 views

सरकार ढल्ने हल्ला भ्रम मात्रै हो, सत्ता गठबन्धन पूरै अवधि जान्छ : पराराष्ट्रमन्त्री

धनगढी । पराराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सरकार ढल्ने हल्लाका पछि नलाग्न आग्रह गरेकी छन् । नेपाल पत्रकार महासंघको सुदूरपश्चिम प्रदेश समितिका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूका लागि शनिबार धनगढीमा आयोजित बधाई कार्यक्रम सम्बोधनका क्रममा उनले सरकार नढल्ने भन्दै हल्लाका पछि नलाग्न आग्रह गरेकी हुन् ।

‘सरकार ढल्छ भनेर भ्रम फैलाउने काम भइरहेकाले त्यस्ता हल्ला र भ्रमका पछि लाग्न हुँदैन,’ मन्त्री राणाले भनिन्, ‘कांग्रेस र एमालेको नेतृत्व तहमा समझदारी बनेको छ । सत्ता गठबन्धन पूरै अवधि जान्छ । सरकार सहजीकरणको लागि दुई दलको कार्यदल बनेको छ ।’

परराष्ट्रमन्त्री राणाले वर्तमान सरकार मुलुकको विकास, समृद्धि, सुशासन र जनताका अपेक्षालाई सम्बोधन हुने गरी अघि बढिरहेको पनि बताइन् । उनले दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकार बनेपछि जनतामा आशा र भरोसा बढेको पनि जिकिर गरिन् ।

मन्त्री राणाले सरकार सामाजिक र आर्थिक विकासलाई प्राथमिकता दिएर काम गरिरहेको पनि बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?