बुधबार, १० पुष २०८१
494 views
494 views
काठमाण्डौँ । नेपाल टेलिकमको सहकार्यमा डीजिटल आईसिटी मिडिया प्रा लीले एक दिने साइवर सुरक्षा चेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम पद्मोदय माद्ययमिक विद्यालय पद्मोदयम मार्गमा मिति २०८१ साल पुस ५ गते शुक्रबार भएको हो । काठमाण्डौ महानगरपालिका वडा नं.२८ को अध्यक्ष भाईराम खड्गी प्रकाश प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा ५०० भन्दा बढी बिद्यार्थीहरुको सहभागीतामा साइवर सुरक्षाको आधारभुत ज्ञान प्रदान गरिएको थियो । कार्यक्रममा नेपाल टेलिकमले २०० भन्दा बढी बिद्याार्थीहरुलाई नेपाल टेलिकमको सीम निःशुल्क बितरण गरेको थियो ।
साइवर सुरक्षाको आधारभुत ज्ञान हामीमा हुनुपर्दछ र सार्वजनिक रुपमा वाइफाई इन्टरनेटमा आफ्ना व्यक्तिगत गोपनियताका कुराहरु शेयर गर्न नहुने बताउँदै, राम्रो साइवर अभ्यास हामीले सिक्नुपर्नेमा प्रमुख अतिथि भाईराम खड्गीले जोड दिए । त्यति मात्र नभएर यस्ता सचेतनामुलक कार्यक्रमको लागी नेपाल दूरसञ्चार प्राधिकरण तथा नेपाल टेलिकम लगायत स्थानीय निकायले सहयोग गर्नु पर्ने मा पनि जोड दिए ।
उक्त कार्यक्रममा साईबर व्युरो बाट सावित्रा कार्की र प्रशिक्षक अच्युत ओझाले साइवर अपराध र सुरक्षा बारेमा विशेष जानकारी बिद्यार्थीहरुलाई प्रदान गरेका थिए ।
प्रशिक्षक अच्युत ओझाले साईबर सुरक्षा र साईबर अपराध के हो भन्ने विषयमा बिद्याार्थीहरुलाई भिजुवल मार्फत सरल र सभ्य भाषामा जानकारी गराएका थिए । आफुसँग भएका मोबाईल तथा ल्यापटपलाई ईन्टरनेटमा कसरी प्रयोग गर्ने भन्ने सम्बन्धमा पनि उहाँले विद्यार्थीहरुलाई जानकारी गराएका थिए ।
त्यस्तै नेपाल टेलिकमका प्रतिनीधि यादव प्रसाद अधिकारीले नेपाल टेलीकमको सेवा तथा सुविधाहरको बारेमा उपस्थित विद्यार्थी लगायतका व्यक्तिहरुलाई सरल तरिकाले जानकारी गराएका थिए । त्यस्तै गरी प्रशिक्षक सावित्रा कार्कीले साईबर अपराध र सोसल मिडियाको बारेमा जानकारी गराउदै कसरी साईबर अपराध गर्छन् भन्ने कुराको जानकारी दिएकी थिईन् ।
पद्मोदयम माध्यमिक विद्यालयका प्रमुख डा सर्मिला पा्ख्ररेलले साईबर सुरक्षा सम्बन्धी चेतनामुलक कार्यक्रम आजको आवश्यकता भएको बताउदै विभिन्न ठाउँ,समय मा भएका घटनाहरलाई उदाहरणको रुपमा भन्दै यस्तो कार्यक्रम आयोजना गरेको मा आयोजक टिमलाई धन्यवाद दिदै आगामी दिनमा पनि यस्ता कार्यक्रम आयोजकलाई गर्न अनुरोध गरेकाी थिईन् । उपस्थीत विद्यार्थीहरुले यस किसिमका साईबर सुरक्षा कार्यक्रम अहिलेको आवश्यक भएकोले आगामी दिनमा हप्तामा एक दिनको कक्षा को रुपमा साइव्र सुरक्षा चेतनामुलक कार्यक्रम सञ्चालनको लागि आयोजक संस्था र सरोकारवाला व्यक्तिहरुलाई सुझाव दिएका छन् ।
कार्यक्रम आइसिटी पत्रकार विकास मन्चका कार्यकारी अध्यक्ष पुष्कर राज पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा सहभागितहरुलाई पत्रकार मन्चका साबीत्री बस्नेतले स्वागत मन्तव्य साथै उपस्थितलाई धन्यवाद ज्ञापन गरीन्। मन्चका अध्यक्ष पाण्ड्ले प्रविधिका कारण आजको सभ्यता र संस्कृति समेत जोखिममा परेको छ । तर त्यस्ता कुराहरुबाट सुरक्षित हुन सचेतनाका विषयमा त्यति चासो राखिएको पाइदैन, जसले गर्दा किशोरकिशोरीदेखि बालबालिका र अन्य उमेर समूहका व्यक्तिहरु समेत जानिनजानि साईवर अपराध तर्फ जान सक्ने अवस्था देखिएको छ । त्यसैले विद्यालयस्तरबाटनै यस्ता सचेतनामुलक कार्यक्रम गर्नू पर्ने आजको नितान्त आवश्यक भएको बताए । साथै नेपाल टेलिकमको सहयोग प्रति हार्दिक आभार व्यक्त गर्दे आगामी दिनमा पनि सचेतनामुलक कार्यक्रममको लागी त्यहाँको सहयोग रहने अपेक्षा व्यक्त गरे ।
कार्यक्रममा समाजसेवी यादब कोईराला, नेपाल टेलिकमका प्रतिनीधीहरु,काठमाण्डौँ महानगरपालिकाका वडा अध्यक्ष, क्याम्पसका प्राध्यापकहरु, विद्यालय व्यवस्थापन समितीका सदस्य,पत्रकारहरु लगायतको उल्लेखनीय सहभागीता रहेको थियो । सो कार्यक्रमको सञ्चालक पत्रकार कृष्णराज तिमल्सिनाले गरेका थिए । कार्यक्रम सभ्य र भव्य रुपमा सम्पन्न भएको थियो ।