११ पुष २०८१, बिहीबार
ताजा खबर

रविलाई रातारात चितवनबाट पोखरा लगियो

नागरिक पोष्ट

बिहीबार, २० मंसिर २०८१

1055 views

1055 views

रविलाई रातारात चितवनबाट पोखरा लगियो

काठमाडौं । सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई चितवनमा बयान सकेर बुधबार रातारात पोखरा लगिएको छ ।

लामिछानेको चितवन जिल्ला सरकारी वकील कार्यालयमा दुई दिन (मंगलबार र बुधबार) बयान लिइएको थियो।

लामिछानेविरुद्ध चितवनको साहारा चितवन बहुउद्देश्य सहकारी संस्थाको बचत रकम हिनामिना गरेको आरोप रहेको छ ।

रविलाई जिल्ला सरकारी वकिल कार्यालयमा बयान लिइरहँदा बाहिर समर्थकले प्रदर्शन गरेका थिए । सो क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप समेत भएको थियो ।

तत्कालीन गोर्खा मिडिया प्रालिका सञ्चालक, सेयर होल्डर तथा प्रबन्ध निर्देशकको हैसियतमा लामिछानेमाथि विभिन्न सहकारीबाट रकम लगेको आरोप छ ।

सहकारी ठगी प्रकरणमा लामिछानेसँग चितवनलगायत कास्की, रुपन्देही र काठमाडौंमा बयान सकिइसकेको छ ।

प्रहरीले अब उनलाई पर्साको वीरगञ्ज लैजानेछ । जिल्ला अदालत पर्साले बुधबार पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी, जीबी राई र रामबहादुर खनालसहितविरूद्ध वीरगञ्जको सानो पाइला सहकारीको बचत अपचलनको विषयमा अनुसन्धान गर्न पक्राउ पूर्जी जारी गरेको छ । सोही पक्राउ पुर्जीको आधारमा प्रहरीले लामिछानेलाई पोखराबाट वीरगञ्ज लैजाने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?