२३ माघ २०८१, बुधबार
ताजा खबर

प्रधान सेनापति सिग्देल भारत जाँदै

नागरिक पोष्ट

बुधबार, १९ मंसिर २०८१

2041 views

2041 views

प्रधान सेनापति सिग्देल भारत जाँदै

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देल भारत भ्रमणमा जाने भएका छन्।

भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीको निमन्त्रणामा प्रधान सेनापति सिग्देल मंसिर २६ देखि २९ सम्म भारतको भ्रमणमा जाने भएका हुन् ।

भारत भ्रमणका क्रममा उनले भारतीय सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न ग्रहण गर्नेछन्। उनलाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रम छ।

भ्रमणका क्रममा प्रधान सेनापति सिग्देलले भारतका उच्च पदस्थ पदाधिकारीहरूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम पनि तय भएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?