सोमबार, १७ मंसिर २०८१
3333 views
3333 views
काठमाडाैं, १७ मंसिर । नेपाल टेलिकमले कर्णाली प्रदेश अन्तर्गत जुम्ला जिल्लाको पातारासी गाउँपाललकामा मोबाइल सेवा विस्तार गरेको छ । पातारासी गाउँपाललका वडा नं. २ मा नयाँ साइट निर्माण गरी मिति २०८१ मंसिर १६ गते देखि 2G/4G मोबाइल सेवा सञ्चालन गरिएको हो ।
जिल्लाको अति विकट पातारासी गाउँपाललकामा नेपाल टेलिकमले मोबाइल सेवा सञ्चालन गरेसँगै उक्त गाउँपालिकाका वडा नं. १, २ र ३ अन्तर्गतका गडीगाउँ, तल्फीगाउँ, माताचौरगाउँ, छुमचौरगाउँ लगायत स्थानमा बसोबास गर्ने वासिन्दाहरु पहिलो पटक दूरसञ्चार सेवाबाट लाभान्वित भएका छन्।
दुर दराजका क्षेत्रमा दूरसञ्चार सेवा पुर्याउने कार्यलाई उच्च प्राथमिकतामा राख्दै कम्पनीले उक्त स्थानका ग्राहकहरुको मागलाई लक्षित गरी voice तथा Data सेवाको विस्तार गरेको छ ।
यससँगै यस भेगका स्थानीयवासी, घुम्न आउने पर्यटकहरु तथा यस क्षेत्रका पर्यटन लगायत अन्य व्यवसायीहरुले आधुिनक दूरसञ्चार सेवाको प्रयोग गरी लाभ लिन सक्ने विश्वास कम्पनीको रहेको छ ।