शुक्रबार, ७ मंसिर २०८१
1531 views
1531 views
दैलेख । जुम्लाबाट टिकापुर जाँदै गरेको ना ४ ख ६०५६ नम्बरको बस कर्णाली राजमार्गअन्तर्गत दैलेखको आठविस नगरपालिका–३ सिस्नेमा दुर्घटना हुँदा अवरूद्ध भएको कर्णाली राजमार्ग सञ्चालनमा आएको छ ।
बसको ब्रेक फेल हुँदा भित्तामा ठोकिएर सडकमा तेर्सिएर राजमार्ग अवरूद्ध भएको थियो । राजमार्गमै बस ठोकिएर सडकमा तेर्सिएपछि राजमार्ग अवरूद्ध भएको थियो ।
राजमार्ग अवरूद्ध हुँदा यातायात आवागमन रोकिएको भए राति ८ बजेदेखि अवरुद्ध राजमार्ग सञ्चालनमा आएको जिल्ला ट्राफिक कार्यालय दैलेखका प्रमुख टोपबहादुर महताराले जानकारी दिए ।
प्रहरीका अनुसार आठ जना घाइते भएका छन् । उनीहरूको उपचारका लागि सुर्खेत पठाइएको छ । बसमा ३२ जना सवार थिए ।