२५ फाल्गुन २०८१, आईतवार
ताजा खबर

जनमतको बैठक जारी, पहिचानवादी पार्टीसँग एकताबारे छलफल हुने

नागरिक पोष्ट

आईतवार, २५ फाल्गुन २०८१

239 views

239 views

जनमतको बैठक जारी, पहिचानवादी पार्टीसँग एकताबारे छलफल हुने

काठमाडौं । जनमत पार्टीको केन्द्रीय समिति बैठक जारी छ । बैठक आइतबार र सोमबार बस्ने पार्टी प्रवक्ता शरदसिंह यादवको भनाइ छ ।

बैठक महोत्तरीको बर्दिबासमा सुरु भएको प्रवक्ता यादवको भनाइ छ ।

यादवका अनुसार संगठनको सबलीकरण, नौलो गणतन्त्र कार्यान्वयन, संघीय लोकतान्त्रिक गणतन्त्र लाई संस्थागत र संघियता कार्यान्वयनका बारेमा छलफल हुने छ ।

यस्तै समसामयिक राजनीतिक परिवेश र समान विचारधारा भएका पहिचानवादी पार्टीहरूसँग एकीकरणका विषयमा पनि छलफल हुने बताइएको छ ।

पछिल्लो समय नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी एकीकरणको चर्चा चलेको छ । तर यसबारे दुवै पार्टीले यकिन धारणा बनाएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?