२५ फाल्गुन २०८१, आईतवार
ताजा खबर

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

नागरिक पोष्ट

आईतवार, २५ फाल्गुन २०८१

290 views

290 views

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेपाली बजारमा सुनको मूल्य १०० रुपैयाँले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेर प्रतितोला छापावाल सुन १ लाख ७० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । 


गत शुक्रबार सुन तोलामा १ लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ भने घटेको छ । आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर १ हजार ९८५ रुपैयाँ कायम भएको छ ।


 अघिल्लो दिन चाँदीको भाउ तोलाको १ हजार ९९० रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?