आईतवार, २५ फाल्गुन २०८१
596 views
596 views
काठमाडौँ । ११५औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा काठमाडौँमा बिआइए ह्वीलचेयर दौड प्रतियोगिता सम्पन्न भएको छ।
अपाङ्गता भएका व्यक्तिहरूबीच भएको प्रतियोगितामा २०० भन्दा बढीको सहभागिता रहेको थियो। प्रतियोगितामा पुरुष तर्फ रमेश खत्री र महिला तर्फ ऐश्वर्या कुमारी कुमाल प्रथम, प्रेम बहादुर विक र यामी झाक्री मगर द्वितीय तथा सन्तोष कार्की र रजनी राई तृतीय भएका थिए ।
ह्वीलचेयर दौड प्रतियोगिता भृकुटीमण्डपदेखि सुन्धारा, जमल, केशरमहल र दरबार मार्ग हुन्दै पुन भृकुटीमण्डप सम्म रहेको थियो। जुन मार्गको दूरी करिब ५ किलोमिटर रहेको थियो ।
बिआइए संस्थाको आयोजनामा भएको प्रतियोगितामा नेपालका लागि थाइल्याण्डका राजदूत सुवापोङ सिरिसोर्न प्रमुख अतिथि रहेका थिए भने अतिथिहरुमा गायक प्रकाश सपुत, अभिनेत्री वर्षा शिवाकोटी लगायत अन्य विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
प्रतियोगिताको सभापतित्त्व सस्थाका सस्थापक अध्यक्ष चोग्याल रिन्पोछेले गरेका थिए, त्यस्तै स्वागत मन्तव्य सस्थाका कार्यकारी निर्देशक गोकर्ण ढुङगानाले गरेका थए भने उक्त कार्यक्रम पुर्णिमा कार्किले सन्चालन गरेकि थिईन् ।