२५ फाल्गुन २०८१, आईतवार
ताजा खबर

"टोखा नगरपालिकामा ३० जना महिलालाई उद्यमशिलता र वित्तीय साक्षरता तालिम सम्पन्न"

नागरिक पोष्ट

आईतवार, २५ फाल्गुन २०८१

3979 views

3979 views

"टोखा नगरपालिकामा ३० जना महिलालाई उद्यमशिलता र वित्तीय साक्षरता तालिम सम्पन्न"

राष्ट्रिय युवा परिषद् नेपाल र टोखा नगरपालिकाको संयुक्त आयोजनामा ३० जना महिलालाई सात दिने उद्यमशिलता र वित्तिय साक्षरता तालिम सम्पन्न गरिएको छ। यो तालिम विशेष गरी टोखा नेवाः सडक खाजा महोत्सवमा स्टल राख्ने महिलाहरुको लागि आयोजित गरिएको हो।

तालिममा प्रशिक्षक शयामकाजी खत्रीले उद्यमशिलता विकास सम्वन्धी न्थ्द्यरक्थ्द्य ट्रेनिङ प्याकेज र नेपाल राष्ट्र बैंकको निर्धारण गरेको वित्तिय साक्षरता पाठ्यक्रम सिकाएका छन्। तालिमको दौरान उद्यम कसरी सुरु गर्ने, व्यवसाय किन असफल हुन्छ, उद्यमीका गुण, व्यवसायिक सञ्चालनका महत्त्वपूर्ण पक्षहरू, जोखिम व्यवस्थापन, व्यवसाय विस्तार र सरकारी नीति तथा कानुनी व्यवस्था सम्बन्धी विषयमा विस्तृत जानकारी दिइएको छ।

फागुन १८ गतेदेखि शुरु भएको यो तालिम फागुन २५ गतेसम्म सञ्चालन हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?