शुक्रबार, ३० कार्तिक २०८१
3537 views
3537 views
काठमाडौं। नेपाल टेलिकमको चालू आर्थिक वर्ष २०८१-०८२ को पहिलो त्रैमासिक अवधिमा आम्दानी र मुनाफा घटेको छ ।
टेलिकमका अनुसार, चालू आवको प्रथम त्रैमासिकसम्म कुल आम्दानी १० अर्ब ६ करोड ३७ लाख ३५ हजार रहेको थियो । उक्त रकम गत आवको सोही त्रैमासिकको कूल आय १० अर्ब ६४ करोड ८७ लाख ९२ हजार रुपैयाँ रहेको थियो ।
अघिल्लो त्रैमासको तुलनामा टेलिकमको ५८ करोड ५० लाख ५७ हजार रुपैयाँले आम्दानी घटेको छ । त्यस्तै चालू आवको खुद मुनाफा १ अर्ब ७३ करोड ९५ लाख ८९ हजार रहेको छ ।
उक्त रकम गत आवको सोही अवधिको खुद मुनाफा २ अर्ब २ करोड ७४ लाख ३१ हजार रुपैयाँ रहेको थियो । जुन नाफा गत आवको तुलनामा २८ करोड ७८ लाख ४१ हजार रुपैयाँले नाफामा कमी आएको हो ।
चालू आव को कुल सञ्चालन आय ८ अर्ब ६८ करोड १ लाख ८५ हजार रहेको छ। उक्त रकम गत आ.व। को सोही अवधिको कुल सञ्चालन आय रु ८ अर्व ५८ करोड ५० लाख ६३ हजारको तुलनामा ९ करोड ५१ लाख २२ हजारको (अर्थात् १.११ प्रतिशत) ले बढेको टेलिकमले जनाएको छ ।