१८ पुष २०८१, बिहीबार
ताजा खबर

भृकुटीमण्डपमा विराट् महायज्ञ र विज्ञान सम्मेलन

नागरिक पोष्ट

शुक्रबार, २३ कार्तिक २०८१

2194 views

2194 views

भृकुटीमण्डपमा विराट् महायज्ञ र विज्ञान सम्मेलन

काठमाडौँ । विश्व कल्याण र शान्तिको कामना गर्दै स्थानीय भृकुटीमण्डपमा जारी ‘अतिरुद्र विश्व कल्याण विराट् महायज्ञ’मा एक हजार एक सय ११ आचार्य तथा बटुक ४० भन्दा बढी मुलुकका यज्ञसाधक तथा वैज्ञानिक सहभागी भएका छन् ।


महायज्ञसँगै ‘वैदिक विज्ञान र आधुनिक विज्ञान’ अन्तर्राष्ट्रिय दोस्रो सम्मेलन पनि सञ्चालन जारी छ । सम्मेलनमा सहभागी अमेरिकस्थित महर्षि विश्वविद्यालयका कुलपति  जोन हेगलिनले योग र यज्ञका माध्यमबाट नेपालले विश्वको नेतृत्व गर्न सक्ने बताए। योग र यज्ञका प्रभावले मानिसलाई सत्मार्गमा अग्रसर गराउन सकिने उनले बताए । 

महर्षि महेश योगी नेपाल आगमनको स्वर्ण महोत्सवको अवसर पारेर आयोजना गरिएको महायज्ञ तथा सम्मेलनमा आठौँ प्राङ्गारिक कृषि मेला तथा प्रदर्शनी पनि आयोजना भएको छ । 

विश्वभर वैदिक परम्पराको  प्रवर्द्धन तथा प्राकृतिक प्रकोपमा ज्यान गुमाएकाको चिरशान्तिको उद्देश्यका साथ आयोजित महायज्ञपछि देशमा सुशासन कायम गर्न योगदान पुग्ने आयोजकको विश्वास छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?