८ माघ २०८१, मंगलवार
ताजा खबर

केटिएम नेपालको “ केटिएम ट्रयाक टेस्ट एक्सपिरियन्स” सफलतापूर्वक सम्पन्न

नागरिक पोष्ट

सोमबार, १२ कार्तिक २०८१

2636 views

2636 views

केटिएम नेपालको “ केटिएम ट्रयाक टेस्ट एक्सपिरियन्स” सफलतापूर्वक सम्पन्न

काठमाडौं । केटिएम नेपालले हालसालै बहुप्रतिक्षित “केटिएम ट्रयाक टेस्ट एक्सपिरियन्स” कार्यक्रम सफलतापूर्वक समापन गरेको छ । यही कार्तिक ०९ र १० गते भक्तपुरको एडभान्स राइडिङ एकेडेमीमा आयोजित यो २ दिने कार्यक्रमले २५० भन्दा बढी मोटरसाइकल प्रेमीहरूलाई केटिएमका विभिन्न मोडेलहरूको रोमाञ्चक अनुभव र “हट ल्याप च्यालेन्ज” मा सहभागी हुने अवसर प्रदान गर्‍यो ।


कार्यक्रमको पहिलो दिन सहभागीहरूले विशेष रूपले तयार गरिएको ट्रयाकमा केटिएम २०० ड्युक, २५० ड्युक, २०० आरसि, र ३९० ड्युक मोडेलहरू टेस्ट राइड गर्ने अवसर पाए । साथै अनुभवी राइडरहरूले प्रशिक्षण सत्रहरू सञ्चालन गरेका थिए जसले सहभागीहरूलाई सवारी सीप र सुरक्षा सम्बन्धी महत्त्वपूणर् सुझावहरू प्रदान गर्दै थप रोमाञ्चक र जानकारीमूलक बनाएको थियो ।
दोस्रो दिन “हट ल्याप च्यालेन्ज” आयोजना गरिएको थियो जहाँ प्रतिस्पर्धीहरू प्रो रेसरहरू, अमेच्योरहरू, र महिला गरी ३ समूहमा विभाजित गरिएका थिए । सहभागीहरूले छ-छ ल्यापको टाइम ट्रायलमा प्रतिस्पर्धा गरेका थिए, जसमा हरेक समूहमा सबैभन्दा छिटो समय निकाल्ने प्रतिस्पर्धीहरूलाई सम्मानित गरिएको थियो ।

“केटिएम ट्रयाक टेस्ट एक्सपिरियन्स” ले नेपालमा मोटरसाइकलप्रेमीहरूको समुदायलाई केटिएमको प्रतिबद्धता झल्काउने उत्कृष्ट अवसर प्रस्तुत गरेको छ जसले सवारी सीपमा सुधार र रोमाञ्चक प्रतिस्पर्धाको भावना अभिवृद्धि गर्न सफल बनायो । केटिएम नेपालले भविष्यमा यस्तै रोमाञ्चक कार्यक्रमहरू आयोजना गर्दै नेपालको सवारी समुदायलाई प्रेरित र संलग्न गराउन तत्पर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?