९ कार्तिक २०८१, शुक्रबार

ताजा खबर

सुनको मूल्य बिहिबार घट्यो

नागरिक पोष्ट

बिहीबार, ८ कार्तिक २०८१

256 views

256 views

सुनको मूल्य बिहिबार घट्यो

काठमाडौं । नेपाली बजारमा एक साता लगातार बढेकाे सुनकाे मूल्य बिहिबार घटेकाे छ । असाेज २९ गतेदेखि लगातार बढेर दिनदिनै नयाँ रेकर्ड बनाएकाे सुनकाे मूल्य आज ताेलामा ६०० रूपैयाँले घटेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६६ हजार रुपैयाँ तोकिएको छ। बुधबार तोलामा ८०० रुपैयाँ बढेपछि सुन प्रति तोला १ लाख ६६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै आज चाँदीकाे मूल्य पनि ताेलामा ४० रूपैयाँले घटेकाे छ । बुधबार प्रतितोला दुई हजार एक सय ३५ रूपैयाँमा कारोबार भएको चाँदी आज २ हजार ९५ रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?