६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

ललितपुरमा १५ देशका वैज्ञानिकको सम्मेलन हुँदै

नागरिक पोष्ट

मंगलवार, ६ कार्तिक २०८१

137 views

137 views

ललितपुरमा १५ देशका वैज्ञानिकको सम्मेलन हुँदै

काठमाडौं  । १५ देशका वैज्ञानिकहरूको सहभागितामा आगामी ९ कात्तिकदेखि तीन दिनसम्म अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन हुने भएको छ। नेपाल मेटेरियल्स साइन्स सोसाइटीको आयोजनामा ललितपुरस्थित होटेल हिमालयमा सम्मेलन आयोजना हुने भएको हो।

९ देखि ११ कार्तिकसम्म सञ्चालन हुने सम्मेलनमा वैज्ञानिक, प्राध्यापक, अनुसन्धानकर्ता र विद्यार्थीले विज्ञान प्रविधि तथा आविष्कारको क्षेत्रमा भए गरेका गतिविधिबारे छलफल गर्नेछन्। सम्मेलनबारे जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजक कमिटीका संरक्षक डा. देवलप्रसाद भट्टराईले सम्मेलनले वैज्ञानिकहरूलाई भेला पारेर आआफ्ना उपलब्धि र अनुभव साटासाट गर्न लागिएको जानकारी दिए।


उनका अनुसार यो सम्मेलनमा चीन, भारत, मलेसिया, इन्डोनेसिया, जापान, अमेरिकालगायत १५ देशका वैज्ञानिक आउँछन् भने नेपालका वैज्ञानिकहरूको पनि उपस्थिति हुनेछ। सम्मेलनमा मुख्य त वातावरण र ऊर्जा क्षेत्रको विषयमा बढी छलफल हुनेछ। विश्वका अन्य मुलकहरूले शिक्षा, स्वास्थ्य, उद्योगलगायत क्षेत्रमा कस्तो विज्ञान अपनाइरहेका छन् भन्नेबारे छलफल गरिने डा। भट्टराईले बताए।

९ कात्तिकमा हुने उद्घाटन समारोहमा शिक्षामन्त्री विद्या भट्टराई पनि सहभागी हुने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?