६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

आगामी वर्षदेखि अङ्ग्रेजी र नेपाली दुवै भाषामा प्रश्न सोधिने

नागरिक पोष्ट

सोमबार, ५ कार्तिक २०८१

239 views

239 views

आगामी वर्षदेखि अङ्ग्रेजी र नेपाली दुवै भाषामा प्रश्न सोधिने

काठमाडौं ।  त्रिभुवन विश्वविद्यालयले आगामी वर्षदेखि वार्षिक परीक्षा प्रणालीअनुसार सबै संकायहरूको स्नातक तहका प्रश्नपत्र तयार गर्दा अङ्ग्रेजी र नेपाली भाषामा सोध्ने निर्णय गरेको छ । 

शिक्षामन्त्री विद्या भट्टराईले आगामी वर्षदेखि सबै संकायहरूको स्नातक तहका प्रश्नपत्र तयार गदा दुवै भाषामा सोध्ने निर्णय गरेको जानकारी दिइन् । 


उक्त व्यवस्थाअनुसार आगामी प्रथम वर्षको परीक्षादेखि अनिवार्य रूपमा लागू गरी क्रमशः दोस्रो, तेस्रो र चौथो वर्षमा समेत लागू गर्ने निर्णय गरिएको उनले बताइन् । 

हाललाई शिक्षा शास्त्र संकाय, मानविकी संकाय, व्यवस्थापन संकाय र कानून संकायको स्नातक तहको परीक्षामा नेपाली र अङ्ग्रेजी दुवै भाषामा प्रश्नपत्र तयार गरिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?