३० आश्विन २०८१, बुधबार

ताजा खबर

पठाओले थप्यो कार प्लस सुविधा, एसी जडित प्रिमियम कारमा यात्रा गर्न पाइने

नागरिक पोष्ट

मंगलवार, २५ बैशाख २०८१

12751 views

12751 views

पठाओले थप्यो कार प्लस सुविधा, एसी जडित प्रिमियम कारमा यात्रा गर्न पाइने

काठमाडौं । ५ वर्षदेखि राइड सेयरिङ सुविधा दिइरहेको पठाओ नेपालले सोमबारदेखि कार प्लस सुविधा सुरू गरेको छ । कम्पनीले पठाओ कार ९ट्याक्सी० भित्र नै कार प्लसको फिचर थप गरेको हो ।

पठाओले प्रिमियम राइड लिन चाहने ग्राहकहरूका लागि यस्तो फिचर्स ल्याएको हो । नयाँ फिचर्स कुनैपनि पठाओ कार राइड बुक गर्ने बेला रोज्न सकिने कम्पनीले जनाएको छ


कार प्लसका गाडीहरू राम्रोसंग मेन्टेन गरिएका, एसी सहित फराकिलो सिट सुविधासहित हुने पठाओ नेपालका प्रवन्ध निर्देशक असिममान सिंह बस्न्यातले जानकारी दिए ।


यो फिचर हालको लागि काठमाडौं उपत्यकामा मात्र लागु गरिएको र बाँकी सहरहरूमा समय अनुकुल विस्तार गरिने बस्न्यातको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?