७ कार्तिक २०८१, बुधबार

ताजा खबर

जन्मदिनकाे अवसरमा अजेश पाण्डेले गरे उदाहरणीय काम

नागरिक पोष्ट

मंगलवार, १५ श्रावण २०८१

10728 views

10728 views

जन्मदिनकाे अवसरमा अजेश पाण्डेले गरे उदाहरणीय काम

काठमाण्डौँ ।  आफ्नाे जन्मदिनकाे अवसर पारेर अजेश पाण्डेले रक्षा नेपालमा आश्रित रहेका छाेरीहरूलाई श्रावण १५ काे अवसरमा खिर खुवाउन लागेका छन् ।

नुवाकोट जिल्ला हाल तारकेश्व ९ इन्द्राणी पुल बस्ने पिता राम प्रसाद पाण्डे र माता अन्जु पाण्डेका छोरा अजेश पाण्डे सानै उमेरबाट अरूलाई सेवा गर्न र सहयाेग गर्न खुशि हुन्थे। सायद यही लक्षणले गर्दा हाेला उनले आफ्नाे जन्मदिनकाे अवसर पारेर आज खिर खुवाउन सहयाेग गरेका छन् । थाेपा थाेपा मिलेर समुन्द्र बन्छ भनेझै उनले गरेकाे याे उदाहरणीय कार्यकाे लागि तारकेश्वर निवासी पद्ममा उप्रेती र रामबहादुर चाैहानले पनि रू एक एक हजार साथै बरिष्ठ कलाकार श्रीकृष्ण थापा र उनको धर्मपत्नी देवकी थापाले पनि उक्त कार्यमा साथ दिदै सहयोग गर्नु भएको छ । उनीहरुले आश्रित छाेरीहरूलाई साउन १५ मा खिर खुवाउन सहयाेग गरेका छन् । यस्ता महान कार्यहरूकाे लागि उहाँहरूलाई आश्रित छाेरीहरूले धन्यवाद दिएका छन् ।

रक्षा नेपालले यौन शोषणमा परेका बालिका, महिला र उनीहरुका बालबालिका, विशेष गरी बेचबिखन र यौन हिंसाको जोखिममा परेका बालबालिकाको सुरक्षाका लागि कानुनी सहयोग एक आत्मनिर्भरको प्रयास गर्दै आएको छ । यसको मुख्य लक्ष्य महिला र युवतीहरूलाई उनीहरूको ज्ञान, चेतना र सामाजिक आर्थिक स्थिति बढाएर बेचबिखन र यौन हिंसाबाट बचाउनु हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?