८ माघ २०८१, मंगलवार
ताजा खबर

मदन भण्डारी स्मृती दिवसको अवसरमा वृक्षा रोपण कार्यक्रम सम्पन्न

नागरिक पोष्ट

शुक्रबार, २२ असार २०८१

11799 views

11799 views

मदन भण्डारी स्मृती दिवसको अवसरमा वृक्षा रोपण कार्यक्रम सम्पन्न

काभ्रेपलाञ्चोक । मदन भण्डारी स्मृती दिवसको अवसर पारेर नेकपा एमाले चौंरीदेउराली पालिका कमिटिले वृक्षा रोपण कार्यक्रम सम्पन्न गरेको छ ।

बृक्षा रोपण कार्यक्रमको नेतृत्व केन्द्रीय सदस्य तथा पूर्व  सांसद नविना लामाले गरेकी थिईन् । बोट विरुवा जीवनको लागि महत्वपुर्ण भएको बताउँदै आयोजक टिमले चौंरीदेउराली पालिकाको देउरालीस्थित प्रहरी कार्यालयको परिसरमा वृक्षा रोपण गरेको हो । आयोजक टिमले सोही पालिकाको वडा नं । ६ र ७ का कृषकहरुलाई बिभिन्न प्रजातिका फलफूलका विरुवा जस्तै एभोकाडो, लिची, कागती आदि वितरण समेत गरेका थिए ।

कार्यक्रममा स्थानीय जनताहरुको उत्साहपुुर्ण सहभागी रहेको थियो । कार्यक्रममा पूर्व सांसद पार्वती बिशुखे, प्रदेश कमिटी सदस्य ठाकुर बास्कोटा र चुडामणी गौतम, पालिका कमिटी अध्यक्ष बलराम ढुंगाना सचिव तिलक बहादुर गौतम र समाजसेवी यादव प्रसाद कोइरालाका साथै प्रहरी चौकी देउरालीका इन्चार्ज धर्मेन्द्र अकोलिया लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?