६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

ताइवानमा उत्तेजना नबढाउन अमेरिकी विदेशमन्त्रीको चेतावनी

नागरिक पोष्ट

मंगलवार, ६ कार्तिक २०८१

137 views

137 views

ताइवानमा उत्तेजना नबढाउन अमेरिकी विदेशमन्त्रीको चेतावनी

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले ताइवानमा उत्तेजना नबढाउन चीनलाई चेतावनी दिएका छन् ।एशिया भ्रमणका क्रममा विदेशमन्त्री ब्लिन्केनले चीनलाई यस्तो चेतावनी दिएका हुन् ।

उनले शान्ति तथा स्थायित्व कायम राख्न दक्षिण चीन सागर, पूर्वी चीन सागर र ताइवानको स्ट्रेटमा स्वतन्त्र रुपमा पानीजहाज तथा हवाईजहाज सञ्चालन गर्नु आवश्यक रहेको उल्लेख गरेका छन् । उनले उत्तेजना बढाउनका लागि ताइवान आसपास सैन्य अभ्यास नगर्न पनि चीनलाई आग्रह गरे ।

पछिल्लो समय ताइवान र चीनबीच तनाव बढिरहेका बेला अमेरिकी विदेशमन्त्रीको यस्तो भनाइ सार्वजनिक भएको हो ।

स्वशासित रुपमा लोकतान्त्रिक शासन सञ्चालन गरिरहेकोे ताइवानलाई चीनले आफ्नै मुलुकको हिस्सा मान्दै आएको छ । आफ्नो मुलुकमा विलय गराउनका लागि आवश्यक परे ताइवानमाथि बल प्रयोग गर्ने चिनियाँ नीति छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?